पठन सिप विकासका लागि शिक्षण सिकाई सन्दर्भ सामाग्री वितरण

कैलाली । कक्षा १ देखि ३ सम्मका वालवालिकाहरुको प्रारम्भीक तहको पठन सिपको विकास गर्ने उद्धेश्यले शैक्षिक सत्र २०७६का लागि शिक्षण सिकाई सामाग्री र सन्र्दभ सामाग्रीहरु आज सोमवार वितरण गरिएको छ ।
यु.एस.ए.आई.डी.को प्राविधिक सहयोगमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा संचालित राष्टिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत गोदावरी नगरपालिका वडा न ं ३ मालाखेती स्थित ग्वाँसी माविलाई एक कार्यक्रमका विच उक्त शिक्षण सिकाई सामाग्री र सन्र्दभ सामाग्रीहरु वितरण गरिएको हो ।
उक्त विद्यालयमा प्रारम्भीक तहमा अध्ययन गर्ने १३४ जना विद्यार्थीहरुका लागि अभ्यास पुस्तीका १३४,शिक्षक निर्देशिका ३,विसंकेतन किताब,कथाका किताब २५२ वटा शिक्षण सिकाई सामाग्री र सन्र्दभ सामाग्रीहरु वितरण गरिएको थियो ।

उक्त सन्दर्भ सामाग्रीहरु शिक्षा विकास निर्देशनालयका उपसचिव चेतराज पन्त,शिक्षा विकास तथा समन्वय ईकाई कैलालीका प्रमुख विष्णु दत्त भट्ट,शाखा अधिकृत तथा राष्टिय प्रारम्भीक कक्षा कार्यक्रमका फोकल पर्सन प्रतापसिह धामीले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्राईलाई हस्तान्तरण गरे ।
शैक्षिक सत्र २०७६को बैशाख १५ भित्रमा कैलाली जिल्लाका ५६५ वटा सरकारी सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्मका प्रारम्भीक तहमा अध्ययनरत ३५ हजार ६ सय २४ जना विद्यार्थीहरुलाई १ लाख ४३ हजार ४ सय ७२ वटा शिक्षण सिकाई सामाग्री र सन्र्दभ सामाग्रीहरु वितरण गरिसक्ने योजना रहेको जिल्ला संयोजक उषा जोशीले उक्त अवसरमा जानकारी दिए ।
वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइका शाखा अधिकृत घुम्मन सिह बडायक,गोदावरी नगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख सूर्य वहादुर सिँह, राष्टिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक उषा जोशी,समा प्रिन्टर्स प्रालिका संयोजक भोजराज जोशी लगायतको सहभागीता रहेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया