सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बडिमालिका बृहत साँस्कृतिक कार्यक्रममा १० लाख बराबरको आर्थिक कारोबार

रमित बि.क., बाजुरा । बाजुराको बडिमालिका साँस्कृतिक कला केन्दले फागुन २३ गतेबाट आयोजना गरेको बडिमालिका बृहत साँस्कृतिक कार्यक्रममा १० लाख बराबरको आर्थिक कारोबार भएको आयोजकले बताएको छ । औपचारिक रुपमा कार्यक्रमको समापन गर्दै अध्यक्ष धिरेन बिकले सो बताएका हुन् ।
तीन दिन सम्म जारी कार्यक्रममा दुई दर्जन बढी स्थानीय तथा राष्टिय कलाकारको भब्य प्रस्तुती रहेको आयोजनले जानकारी दिएको छ । तीन दिनसम्म कलाकार दुर्गेश थापा, टंक बुढाथोकी, टंक तिमिल्सेना, अशोक दर्जी, एआर बुढाथोकी, अमृता लामिछाने, दिव्यानी बोहरा, गोपाल जिएम नेपाल, प्रकाश थापा, हर्क खडायत सहीत स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए ।
बडिमालिका साँस्कृतिक कला केन्द्रको आयोजनामा सञ्चालन गरिएको कार्यक्रमको सहआयोजकको भूमिकामा ब्राण्डरुट ईन्टरटेनमेन्ट प्रालि र वन.वे फिल्म प्रा.लि रहेको थियो ।
१० लाख बराबरको आर्थिक कारोबार गर्ने भनिएकोमा लक्ष्य भेटाउन नसकिएको बताईएको छ । तेस्रो दिन टिकट मात्र चार हजार बढीको संख्यामा विक्री भएको छ । भने १० हजार बढीले अवलोकन गरेको आयोजकको दाबी छ ।

बडिमालिका साँस्कृतिक कला केन्द्रका अध्यक्ष धिरेन बिकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा पूर्व सभासद बसुन्धरा रोकाया रहेका थिए । गायक प्रमोद डिजीले सञ्चालन गरेको समापन कार्यक्रममा राष्टिय तथा स्थानीय कलाकारहरुलाई लक्ष्मी अल्लो भाँगो उद्योगबाट निर्माण गरिएका झोलाहरु सम्झनाको चिनोका रुपमा प्रदान गरिएको छ ।
समापन कार्यक्रममा पूर्व सभासद पेम्बागुरुग भोटे, नेकपाका नेता भरत थापा, विनोद कुमार विक, धर्मराज पाध्याय, सञ्चारकर्मी, कलाकार सहीतको भव्य उपस्थिति रहेको कार्यक्रम थियो ।

अशोक र एआरले जिते दर्शकको मन

उमेरमा कम भएपनि कलामा परिपक्क देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकहरुलाई दमदार प्रस्तुती दिएका छन् । बडिमालिका बृहत साँस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतीले दर्शकको मन जित्न अशोक र एआर सफल बनेका छन् । हेर्दा दाजुभाई जस्तै लाग्ने अशोक र एआर प्रस्तुती दिँदा, गाउँदा नाँच्दा उस्तै उस्तै योग्यता र परिपक्ता देखिएको थियो ।
परिचयबाट मञ्च सम्हालेका उनीहरुले आमा भन्दा राम्री कोही छैनन्, संसारमै गीतबाट प्रस्तुती सुरु गरेका थिए । घरि गाउदा, घरि नाच्दा र घरि संवाद बोल्दा दर्शकहरु मख्ख देखिन्थ्ये । मन विनाको धन ठूलोकी धन विनाको मन र आमा भन्दा राम्री कोही छैन् संसारमै बोलको गीत गाउँदा दर्शकहरु शान्त बनेका थिए ।
लाग्थ्यो दर्शकहरु गीतको संगीतमा झुमेका मात्र थिएनन्, शब्दको गहिराईमा डुबेका थिए । सानै उमेरमा देखिएको प्रतिभा र भावयुक्त गीतमा केही दर्शकहरुका आँखा नै रमाएका देखिन्थे । गीत गाउँदा बीच बीचमा टंक बुढाथोकीले पनि साथ दिएका थिए । प्रस्तुतीका लागि तीनै जना एकसाथ मञ्चमा देखिएपनि अशोक र एआरले नै दर्शकको मन जिते ।


अशोक र एआरको प्रस्तुती हेर्ने तीन दिन देखिको प्रतिक्षा पनि दर्शकले मेटाएका छन् । मनोरञ्जन र कला सँस्कृतिको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको हो । तीनै जनाले एकसाथ गाईरहँदा सँगै गाउन र नाच्नमा दर्शकले खुलेरै साथ दिएका थिए ।

  • २६ फाल्गुन २०७५, आईतवार १३:४९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU