सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

एफएमडिसीले गर्यो डोटीको केआईसिंह गाउँपालिका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण

डोटी । एफएमडिसीले डोटीको केआईसिंह गाउपालिकामा गरेको पैरबी कार्य सफल भएको छ । केआईसिंह गाउपालिकाको वडा नं. ५ स्थित सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने सवालमा गरिएको पैरबी फागुन २३ गतेबाट गाउपालिकाले कार्यान्वयन गरेको छ ।
बिहीबार वडा नं. ५ स्थित भूवनेश्वरी माबि र दुर्गा प्राबिका एक सय ९२ जना बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेर अभियानको सुरुवात भएको छ । अभियानको उद्घाटन गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले गरेका छन् । स्वास्थ्य परिक्षणमा केआईसिंह गाउपालिकाले एमबिबिएस डाक्टर राजु गुरुङ्गको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली खटाएइको छ ।
स्वास्थ्य परिक्षणमा बिद्यार्थीहरुको उचाई , तौल लिनुका साथै कान, नाक, घाटी, दाँत लगायतको स्वास्थ्य परिक्षण गरिएको डा. गुरुङ्गले जानकारी दिए । एक सय ९२ मध्य ५१ जनाको दाँत,२० जनाको कान, ५ जनाको आखामा समस्या रहेको भेटिएको थियो ।


स्वास्थ्य परिक्षणमा बिद्यार्थीहरुको उमेरका आधारमा स्वास्थ्य अवस्था कस्तो छ भनेर समेत परिक्षण गरिएकोमा ३१ जना बिद्यार्थी ख्याउटे फेला परेको स्वास्थ्य इकाई संयोजक तिल बहादुर बोहराले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले स्वास्थ्य परिक्षणका क्रममा कमजोर आखा भएका बिद्यार्थीहरुलाई चश्मा बितरण, बिद्यालयहरुलाई प्राथमिक स्वास्थ्य उपचार सामाग्रि र छात्राहरुका लागि सेनेटरी प्याड समेत बितरण गरेका थिए ।
एफएमडिसीद्धारा संचालीत पारस्परिक जवाफदेहिता परियोजनाले सामुदायिक बिद्यार्थीहरुको स्वास्थ्य परिक्षणका लागि पैरबी गरेपछि गाउपालिकाले चालु आर्थिक बर्षको निती तथा कार्यक्रममा सो योजना राखेको थियो । फागुन २६ गते केआईसिंह ५ रानागाउ स्थित सरस्वती माबि र मष्टेश्वर आबिका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण हुन गइरहेको छ ।

  • २४ फाल्गुन २०७५, शुक्रबार १२:२५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU