स्थानिय तहका जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि तालिम शुरु
धनगढी ३ माघ । फाया नेपालको आयोजनामा स्थानिय तहका जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि तालिम आज विहीवार देखि धनगढीमा शुरु भएको छ ।

युएन ओमेनको आर्थिक सहयोग,सर्च फर कमन ग्राउण्डसंगको साझेदारी,भजनी नगरपालिका र कैलारी गाउँपालिकासंगको सहकार्यमा फाया नेपालद्धारा संचालित हाम्रो नेतृत्व परियोजना अन्र्तगत आयोजित उक्त ४ दिने तालिम स्थानिय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरुले भोगीरहेका अप्ठ्याराहरु र आवश्यकताहरु, जनप्रतिनिधीहरुका असल अभ्यास तथा अनुभव आदान प्रदान, शसक्तिकरण र क्षमता अभिवृद्धिका लागि सहकार्यत्मक नेतृत्व साझा मंच निर्माण गर्ने उद्धेश्यले गरिएको फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले बताउनु भयो ।
तालिमको एक कार्यक्रमका विच भजनी नगरपालिकाका उप्रमुख छाँया देवकोटा र कैलारी गाँउपालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको थियो । तालिम उद्धघाटन सत्रमा भजनी नगरपालिका उपप्रमुख छायाँ देवकोटाले तालिमले स्थानिय तहको कानुन निर्माण,विकास निर्माण,लैगिक समानता ,समावेशीकरण सामाजिक न्याय मानवअधिकार र महिलाको समान सहभागीता र सह नेतृत्वमा निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले स्थानिय तहमा विकास निर्माण सामाजिक सचेतीकरण र पछाडिपारिएका समुदायका थुप्रै समस्या रहेको र ती समस्याहरु समाधान गर्न र समृद्ध र सबैको समान सहभागीता सहितको समतामूलक समाज निर्माणका लागि जनप्रतिनिधी नागरिक समाज सबैको महत्वपूर्ण सहकार्यत्मक अभियान संचालन आवश्यक रहेकाले त्यस कार्यमा तालिम उपलब्धीमूलक रहने विश्वास व्यक्त गुुर्नभयो ।
तालिम उद्धघाटन सत्रमा सर्चफर कमन ग्राउण्डका अधिकृत दल वहादुर सुनार, हाम्रो नेतृत्व परियोजनाका संयोजक सचितानन्द जोशी लगायतकाले मन्तव्य राखेका थिए ।
फाया नेपालका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा सम्पन्न उक्त उद्धघाटन सत्रको फाया नेपालका अनुगमन मूल्याकन तथा संचार संयोजक शेर वहादुर बस्नेतले संचालन गर्नुभएको थियो ।
तालिममा भजनी नगरपालिका र कैलारी गाँउपालिका प्रमुख उपप्रमुख,अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष सदस्यहरु सहिता ६० जना जनप्रतिनिधीहरुको सहभागीता रहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया