सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जीवन ज्योती माध्यमिक विद्यालय को ५४औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

धनबहादुर बिक, पुनर्वास ५ असोज । श्री जीवन ज्योति माध्यमिक बिद्यालय ले ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रम का साथ सम्पन्न गरेको छ ।
सोमबार पुनर्वास नगरपालिका ६ कञ्चनपुर मा रहेको स्थानीय जीवन ज्योति मावि ले विभिन्न कार्यक्रम सहित भब्यरूपमा उक्त समारोह सम्पन्न गरेको हो ।


हरेक बर्ष असोज १ गते हुने गरेको बार्षिकउत्सव जेन्जी आन्दोलन का क्रममा सहादत हुने युवाहरू का कारण सरकारले असोज १ गते सार्वजनिक बिदा दिएको ले असोज ५ गते आयोजना गर्नुपरेको बिद्यालय का अध्यक्ष तथा वडा अध्यक्ष मित्र सिंह लामाले बताए ।
कार्यक्रममा बिद्यालय का प्राधानाध्यापक भरत कुमार बस्नेतले आर्थिक बर्ष ०८१/०८२ को कुल १ करोड १४ लाख ७० हजार ८३८ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
सो अवसरमा ०८२ असोज सम्म स्थानीय समाजसेवी द्वारा स्थापित ३ लाख ५६ हजार २०३ रूपैया बराबरको अक्षयकोष स्थापना गरिएको र प्राप्त बैंक ब्याज बाट गरिब तथा विपन्न , जेहेन्दार बिध्यार्थि हरूलाई शैक्षिक सहायता स्वरूप नगद रकम प्रदान गरिएको थियो ।


अक्षयकोष स्थापनार्थ सबैभन्दा बढि बिजया श्रेष्ठ स्मृति अक्षयकोष रकम ८० हजार १०१ रहेको छ भने शिव गोमा अक्षयकोष रकम ५१ हजार १५१ रूपैया रहेको छ ।

त्यसैगरी शिवहरी शर्मा स्मृति अक्षयकोष ३० हजार १ रूपैया , ठाकुर सुशीला अक्षयकोष ११ हजार १११ , अमर सरस्वती बस्नेत स्मृति अक्षयकोष २५ हजार १ , हरिकृष्ण छलुमाया स्मृति अक्षयकोष ३१ हजार ५०५ , राम मंगल द्विप स्मृति , १० हजार १ रूपैया , बाबु ज्ञानी स्मृति कोष १५ हजार १०१ , नारायणदत्त मणिकण स्मृति अक्षयकोष ३० हजार ३ रूपैया , बसन्त अर्याल स्मृति अक्षयकोष १५ हजार ५ , कृष्णबहादुर केसी १० हजार ५ , चन्द्रदेव भट्ट स्मृति अक्षयकोष १५ हजार ५ रूपैयाँ , लक्ष्मी पञ्च श्रेष्ठ ११ हजार १११ र देवराज स्मृति अक्षयकोष मा ११ हजार १११ तथा वडा सदस्य एबं नवज्योति आमा समूह अध्यक्ष बिष्णुमाया कोईराला अक्षयकोष रकम ११ हजार १०१ रूपैया गरि हालसम्म ३ लाख ५६ हजार २०३ जम्मा भएको प्रअ को आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
उक्त रकम बिद्यालय को खातामा जमा रहने र प्राप्त ब्याज रकमबाट बिद्यालय मा अध्यनरत गरिब विपन्न तथा जेहेन्दार बिध्यार्थिहरूलाई अध्ययन का लागि सहयोग उपलब्ध गराईदै आएको प्र अ बस्नेतले बताए ।


प्रअ बस्नेतले अन्य सहयोगी हरूलाई समेत अक्षयकोष स्थापना गरि पुण्य कमाउन आव्हान गर्नुभएको थियो ।
कार्यक्रम यस बर्षको उत्कृष्ट शिक्षक सन्तकुमार भट्ट लाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका उप मेयर भुलिया कुमारी रानाले जीवन ज्योति बिद्यालय ले शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आएकोमा धन्यवाद व्यक्त गरिन । उनलेे वर्तमानमा सृजना भएको विषम परिस्थिति ले गर्दा नगरपालिका बाट प्रदान हुनुपर्ने सेवामूलक कार्यहरू अवरुद्ध हुँदै आएको बताईन , नगरवासी को सकारात्मक सहयोग प्राप्त भएमा स्थानीय सरकारबाट प्रदान गरिने सेवामुलक कार्य हरू छिटै सञ्चालनमा आउने उप प्रमुख रानाले बताईन ।
कार्यक्रममा विभिन्न वक्ताहरूले बिद्यालय को चौतर्फी शैक्षिक गुणस्तर र विकासका लागि सबैले हातेमालो गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
तन मन धन दिई हामी आफैंले सुरु गरेको बिद्यालय लाई आवस्यक परेको खण्डमा सहयोग पुर्याउन सदैब तत्पर रहनुपर्ने समाजसेवी स्याम शाही ले बताए
शैक्षिक क्षेत्र जस्तो सामुदायिक बिद्यालय को बार्षिक कार्यक्रममा नगरपालिका श्रोत व्यक्ति बिनी शिवराज भट्ट को अनुपस्थित ले कार्यक्रम को प्रभावकारीतामा समस्या देखिएको बिद्यालय का पुर्व सहायक प्र अ सेते बिस्वकर्मा ले गुनासो व्यक्त गरे ।
कार्यक्रममा बिद्यालय का पुर्व अध्यक्ष बिजयराज हमाल , पुर्व श्रोत व्यक्ति बिष्णुभक्त पौडेल , समाजसेवी हरि अधिकारी , समाजसेवी रामचन्द्र नेपाल , सोमबार वराल , वडा सदस्य बिष्णुमाया कोईराला , त्रिभुवन युवा क्लब अध्यक्ष जितबहादुर तामाङ , समाजसेवी कृष्णबहादुर पण्डित , समाजसेवी ठाकुर प्रसाद बराल , कबिवर दिननाथ बराल , समाजसेवी हर्कबहादुर सुनार लगायत अतिथि रहेका थिए
बिद्यालय का अध्यक्ष मित्र सिंह लामा को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका उप प्रमुख भुलियाकुमारी राना रहेकि थिईन । सो अवसरमा छात्र – छात्रा हरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रम को सञ्चालन सहायक प्रअ युवराज सुयेल तथा शिक्षक नवराज ओझाले गरेका थिए ।

  • ५ आश्विन २०८२, आईतवार २०:४२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU