सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यका साथ ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ को औपचारिक प्रारम्भ भएको छ। गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयसँगको साझेदारी, नोरा हेल्थको आर्थिक सहयोग र बहुउद्देश्यीय विकास समाज (MPDS) को नेतृत्व तथा कार्यान्वयनमा सञ्चालन हुने यस कार्यक्रमको प्रारम्भिक बैठक मंगलबार पोखरामा सम्पन्न भएको हो।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेको प्रमुख आतिथ्य र स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. युवानिधि बसौलाको अध्यक्षतामा आयोजना गरिएको उक्त बैठकमा प्रदेशका १४ प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा मेट्रोन र स्थानीय तहअन्तर्गतका २ अस्पतालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अस्पतालमा बिरामी वा सुत्केरीको कुरुवा बस्ने परिवारका सदस्यहरूलाई केवल सहयोगी मात्र नबनाई स्वास्थ्य हेरचाहका सक्षम साझेदारका रूपमा विकास गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरूमार्फत परिवारका सदस्यहरूलाई औषधि-उपचार, पोषण, सरसफाइ, संक्रमण रोकथाम र मानसिक सहयोगजस्ता आधारभूत हेरचाहसम्बन्धी व्यावहारिक ज्ञान दिइनेछ। विशेष गरी मातृ तथा शिशु स्वास्थ्य, क्षयरोग र नसर्ने रोग लगायतका क्षेत्रमा पारिवारिक सहभागितालाई प्राथमिकता दिइनेछ।

डिस्चार्जपछि घरमा हेरचाहको अभावले गर्दा बिरामी पुनः अस्पताल आउनुपर्ने बाध्यतालाई कम गर्न प्रत्यक्ष शिक्षा तथा डिजिटल माध्यम (सूचना र फलोअप) बाट निरन्तर सम्पर्कमा रहने व्यवस्था मिलाइनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले स्वास्थ्य सेवालाई जनमुखी, गुणस्तरीय र परिवारमैत्री बनाउन यो कार्यक्रम महत्त्वपूर्ण हुने र यसले उपचारको प्रभावकारिता बढाउने बताउनुभयो। साथै, उहाँले यस कार्यक्रमलाई प्रदेशको स्वास्थ्य प्रणालीसँग जोडेर संस्थागत रूपमा अघि बढाउन मन्त्रालयले पूर्ण सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो।

अस्पतालको उपचारसँगै घरको हेरचाह पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश स्वास्थ्य सचिव डा. युवानिधि बसौलाले कार्यक्रमका लागि प्राविधिक तथा आर्थिक सहयोग निरन्तर रहने बताउनुभयो। त्यसैगरी एमपीडीएसका कार्यकारी निर्देशक प्रेमबहादुर माहरले प्रदेश सरकार र मन्त्रालयसँग समन्वय गरी स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र कार्यक्रमको दिगोपनामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आगामी चरणमा सहभागी अस्पतालहरूबाट स्वास्थ्यकर्मीहरूको छनोट, क्षमता अभिवृद्धि, परिवार तथा कुरुवा शिक्षा, र डिजिटल नामांकन एवम् अनुगमन प्रक्रियालाई क्रमशः अगाडि बढाइनेछ। यस कार्यक्रमले “अस्पतालमा उपचार, घरमा निरन्तर हेरचाह” भन्ने अवधारणालाई व्यवहारमा उतार्ने अपेक्षा राखिएको छ।

  • ३ भाद्र २०८३, बुधबार ०८:५३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU