दोश्रो पक्षको सूचनामा मात्रै बिश्वास नगर्न उप–प्रमुख भट्टको आग्रह
धनगढी,१ भदौ
धनगढी उप–महानगरपालीकाका प्रमुख सुशिला मिश्र भट्टले दोश्रो पक्षले दिएको सूचनाकै भरमा टीका टिप्पणी नर्गन नगरवासी संग आग्रह गरेकी छन् । सामाजिक वाताबरण कल्याणकारी संघ समाजले शुक्रवार धनगढीमा आयोजना गरेको समृद्धीका लागि पारदर्शिता र जवाफ देहिता कार्यक्रममा बोल्दै नगर उप–प्रमुख भट्टले सूचना आफै लिने बुझ्ने प्रयास गर्न पनि आग्रह गरेकी छन् । धनगढी उप–महानगरपालीका हदै सम्म पारदर्शी बन्ने प्रयास गरिरहेको छ नगर उप–प्रमुख भट्टले भनिन्‘सूचनाको हकको अभ्यास गर्नुहोस,वेभसाईटहरु हेर्नुहोस, सूचना अधिकारी संग आफै सूचना लिनुहोस ।’ धनगढी उप–महानगरपालीकाले कर बढाएको बिषय मिडियामा आएजस्तो नभएको पनि भट्टले बताईन । उनले भनिन्‘धनगढी उप–महानगरपालीकाले एकिकृत सम्पती कर घटाएको छ ।’ मदिरामा बाहेक अन्य बस्तु र सेवामा पुरानै दर कायम राखिएको छ नगर उप–प्रमुख भट्टले भनिन् ‘यसका साथै थुप्रै जनताको हितमा निर्णय गरिएको छ । धनगढी उप–महानगरपालीकाका जनप्रतिनिधी जतिबेला जुनसुकै ठाउँमा पनि जवाफदेहि रहेको उप–प्रमुख भट्टले बताईन । अधिबक्ता जानकी तुलाधरले बिगतको तुलनामा धनगढी उप–महानगरपालीकाले काम कार्वाही पारदर्शि र जवाफदेहि बनाउदै लगेको बताईन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया