सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मेयर कार्कीको नेतृत्वमा कार्यम्पादनमा कागेश्वरी बन्यो जिल्लाकै सर्वोत्कृष्ट स्थानीय तह

काठमाडौं ८ भाद्र । कागेश्वरी नगरपालिका कार्य सम्पादनमा काठमाडौं जिल्लाकै उत्कृष्ट स्थानीय तह घोषित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको सार्वजनिक गरेको नतिजाअनुसार कागेश्वरीले हालसम्मकै सबैभन्दा सर्वोत्कृष्ट अंक ८३.७५ अंक साथ जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको हो ।

ईश्वर कार्कीको नेतृत्वमा रहेको कागेश्वरी नगरपालिकाले यस अघि आव २०७६–७७ मा ६८, ०७७–७८ मा ७१.५, ०७८–७९ मा ६१.५, ०७९–८० मा ६७.२५ प्राप्त गरेको थियो । यो पटक कागेश्वरी मनोहराले काठमाडौं महानगरलाई समेत उछिनेको छ । यसपटक काठमाडौंको ८१.७५ अंक रहँदा कागेश्वरीको ८३.७५ अंक रहेको छ । जुन अंक काठमाडौं जिल्लाकै स्थानीय तहमध्ये सबैभन्दा धेरै अंक हो ।

मेयर कार्कीको नेतृत्वमा कागेश्वरीले पछिल्ला दिनमा एकपछि अर्को उत्कृष्ट कार्य गर्दै आइरहेको स्थानीयहरु जनाउँछन् । असल जनप्रतिनिधिले जनताको मतको कदर गर्दै निष्पक्ष र दूरदर्शिताकासाथ काम गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा मन्त्रालयले सार्वजनिक गरेको नतिजाबाट स्पष्ट भएको छ ।

मन्त्रालयले गुणस्तर परिक्षण पश्चात् सार्वजनीक गरेको सुचना अनुसार काठमाडौँ जिल्लाका स्थानीय तहमा कागेश्वरी मनोहरा नगरपालिकाले हाल सम्मकै सर्वोउत्कृष्ट अंक प्राप्त गर्न सफल भएको छ । नगरपालिकाले यो वर्ष ८३.७५ अंक प्राप्त गर्न सफल भएको हो ।

नगरपालिकाको प्रारम्भिक नतिजा ८६.५ भएता पनि गुणस्तर परिक्षण पश्चात् ८३.७५ कायम भएको हो ।

यो उपलब्धिले स्थानीय तहमा सेवा प्रवाह, संस्थागत विकास, पारदर्शिता, र सुशासनतर्फ नगरपालिकाको प्रतिबद्धता झल्काउँछ। नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख कार्की नेपाल नगरपालिका संघ बागमती प्रदेशको संयोजक समेत छन् ।

त्यस्तै, कीर्तीपुर नगरपालिकाले ७५.२५ अंक, गोर्कणेश्वर नगरपालिकाले ६८.५० अंक, चन्द्रागिरी नगरपालिकाले ८०.५० अंक, दक्षिणकाली नगरपालिकाले ६३ र शंखरापुर नगरपालिकाले ८१.७५ अंक प्राप्त गरेको छ । यी नगरपालिका भन्दा कागेश्वरीले अग्रस्थान हासिल गर्न सफल भएको हो ।

  • ८ भाद्र २०८२, आईतवार १८:३६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU