अछाम सेवा समितीको अध्यक्षमा जोशी र सचिवमा कुँवर चयन
निराजन परियार । धनगढी १६ मसिंर । अछाम सेवा समितिको १४ औं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्दै धनगढीमा सम्पन्न भएको छ । भाषा कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले २०५३ सालमा स्थापना भएको अछाम सेवा समितीले कृष्ण राज जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ ।

नयाँ कार्य समितीको उपाध्यक्षमा मोतिसिंह कुवंर, सचिवमा अशोक कुवंर, सह सचिवमा विरेन्द्र रावल, कोषाअध्यक्षमा नर बहादुर खड्का, सदस्यमा टोपराज जोशी, डबल बहादुर बोहरा, मुकेश खड्का, हिक्मत बहादुर सुनार, केशर साउँद, गोविन्दराज रेग्मी, जानकी रावल र भावना बोहरा चयन भएका छन् ।
अधिवेशनको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरेका थिए । उनले अछाम जिल्ल्लाको भाषा, कला र संस्कृतिको संरक्षणका लागी स्थापना गरिएको यस समाजले महत्वपुर्ण भुमिका खेलेको बताए ।
धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले पुर्खोहरुले स्थापना गरेको अछाम सेवा समितीको संरक्षण अहिलेका युवा पुस्ताले गर्नुपर्ने बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया