दण्डहीनता अन्त्यका लागि सबैले अग्रसर हुनु पर्ने
धनगढी,सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूतिका साथै सहज ढंगले काम गर्ने वातावरण सृजना हुनु पर्ने आवश्यकता माथि जोड दिइएको छ ।
मंगलबार फ्रिडम फोरमद्वारा डडेल्धुरा सदरमुकाममा आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक अन्तरक्रियामा दण्डहीनता अन्त्यका लागि राजनीतिक पार्टीलाई गम्भीर हुनु पर्ने, पत्रकार लाई सधैं मानसिक त्रास, धम्की, भौतिक आक्रमण जस्ता घटना बाट पीडित हुनु पर्ने भएकाले कुनै पनि बहानामा दोषीलाई उन्मुक्ति दिन नहुने, पत्रकारहरुमा पनि देखिएका कमीकम जोरीमा सुधार ल्याउनु पर्ने र पत्रकारहरु बीच ऐक्यबद्धता आवश्यक रहेको सहभागीहरुले सुझाव दिएका छन्

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले लोकतन्त्रको आधार प्रेस स्वतन्त्रता भएको बताएका छन् । प्रेस स्वतन्त्रताको प्रत्याभूतिकका लागि स्वतन्त्र, सुरक्षित, व्यवसायिक र मर्यादित हुनु जरुरी रहेको उनको भनाइ छ । स्वतन्त्रता पत्रकारिताको प्रत्याभूति हुने वातावरण बनाउन राज्यले मात्रै नभइ राजनीतिक दल, नागरिक समाज, सरोकारवाला र स्वयं पत्रकारले पनि ध्यान दिनु पर्नेमा उनको भनाई थियो ।
वरिष्ट पत्रकार मनमोहन स्वारले हाम्रो समाजमा अझै पनि दण्डहीनता कामय नै रहेको बताएका छन् । सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य हुनु पर्नेमा उनले जोड दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम संयोजक मीन बमले नेपालका राजनीतिक दलहरुले मिडियामाथिको दण्डहीनताको जन्म गराइरहेको आरोप लगाएका छन् ।
सरकारले ल्याएको नयाँ मुलुकी संहितामा प्रेस स्वतन्त्रताविरोधी केही प्रावधान रहेको भन्दै त्यस विरुद्ध महासंघले आन्दोलनमा रहेको उनको भनाई छ । यसका लागि पुनः सञ्चारकर्मी र नागरिक समाजले सरकारलाई दबाव दिनु पर्ने उनले बताए । भदौ १ गते देखि लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हक विरुद्धको कसुर सम्बन्धी व्यवस्थाका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पारेको महासंघको ठहर छ ।

माचार लेखेकै भरमा पत्रकार माथि आक्रमण हुने कार्य नरोकिएको नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मनबहादुर साउदले बताए । पत्रकार माथि हुने आक्रमणको अन्त्य हुनु पर्नेमा उनको जोड छ ।
उनले भ्रष्टाचार र अनियमितताका समाचारले लेखे पत्रकारमाथि नै भौतिक आक्रमण हुने बताए । खोजी रिपोर्टिङ गर्दा पत्रकारहरू जोखिममा रहेको भन्दै पत्रकारको सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
नागरिक समाज डडेल्धुराका सचिव रमेशप्रसाद जोशी दण्डहीनता अन्त्यका लागि नागरिक समाज, राजनीतिक दल, प्रहरी, प्रशासन लगायत सबैलाई मिलेर कार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया