जाखोर तालको जलकुम्भी हटाईने
धनगढी, २ मंसिर । जिल्ला बनस्पती कार्यालय कैलालीले माछा पालनमा रोक लगाए संगै धनगढीको जाखोरतालमा फैलिएको जलकुम्भी हटाईने भएको छ ।

जाखोर ताल धनगढी उपमहानगरपालीकाको मुख्य पर्यटकिय स्थल हो । तत्कालिन धनगढी नगरपालीकाले २०५४ सालमा जिल्ला बनस्पती कार्यालयलाई स्वमित्व हस्तान्तर गरेको वडा नं ७ का अध्यक्ष सिताराम रानाले बताए । उनले भने आफ्नो स्वामित्वमा रहेको ताल ीतानीय समुहलाई भोगचलनका लागि दिएको भएपनि २०७३ मा बनस्पतीले समुहको भोगचलनमा रोक लगाएको थियो ।
स्थानीय महिला समुहले माछापालनका लागि ताल ठेक्कामा दिने समयमा तालको सरसफाई समेत गरिने हुदा जलकुम्भी थिएन वडा अध्यक्ष रानाले भने, ताल उपभोग गर्नमा रोक लगाए संगै जलकुम्भी भरिएको छ ।
जलकुम्भी भरीदा ताल कुरुप भएको छ धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले भने,यसलाई हटाउनका लागि छलफल सुरु गरेका छौं । तालको जलकुम्भी हटाउनका लागि प्रहरी, सशस्त्र प्रहरी संग कैलालीका प्रमुख जिल्ला अधिकारी र आफुले पनि समन्वय गरिरहेको बताए । ताल झण्डै १२ हेक्टर रहेको छ । जलकुम्भी हटाउनका लागि बनस्पती कार्यालयका प्रमुख लक्ष्मण झा सहितको टोली तालक्षेत्रमा पुगेको नगरप्रमुख वडले बताए । उनले ताल सफा गरेर ढुंगा चलाउने योजना रहेको बताए ।
धनगढी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक रोकिने ठाउँ भनेको जाखोर ताल क्षेत्र हो नगरप्रमुख वडले भने, त्यस कारण पनि यसको ब्यबस्थापन चाँडो गर्ने योजना रहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया