सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

छोटो समयको मिठो प्रेम कथा
"काली भाग एक "

शिर्षकः– काली लेखकः– प्रेम साउँद (आभाष) मितीः– २०७८.०२.०८ छोटो समयको मिठो प्रेम कथा भाग १

जिन्दगी माया प्रेम, धोका घृर्णा, मिलन बिछोड, हासो रोदन, दुःख सुःख, सफलता असफलताको घेरा भित्र फसेको याथार्थ घटना नै जिन्दगी हो। साहेद यसैलाई जिन्दगी नभनिदो हो तर मेरो बुझाइमा र मैले बुझ्न सकेको जिन्दगी यति नै हो । प्रत्येक मानिसको जिन्दगीमा प्रत्येकको आफ्नै कथा ब्याथा हुन्छ । त्यसै कथा व्याथा भएको एक पागल प्रेमिको छोटो समयमा नै घटेको याथार्त प्रेम कथा । हामी मानिसको जात त्यो पनि हामी नेपालीहरुको बानि । आफ्नै मिहेनतले सफलता हासिल गर्नुको बदला सफलता भई सकेको रोज्ने ।

आज कालीले सामाजिक सञ्जाल फेसबुक मार्फत मेरो मायालाई स्वुकारेको दिन । आज उनि संगै Love Anniversary मनाउनुको वदला सिरानी छेउको टेबुलमा रहेको हाम्रो पहिलो भेटको त्यो एक अर्कालाई हेर्दै गरेको ठुलो फ्रेममा बनाएको फोटोमा अझै पनि हामी एक अर्कालाई हेरी रहेका छौ Happy Love Anniversary को समयमा Cake को माथी Candle जलाउनु पर्ने ठाउमा फोटो हेर्दै चुरोटको धुवा उडाउनु परेको छ ।

आज भोली म बस्ने गरेको कोठाको हालत हेरेर आफैलाई अच्चम लागेर आउछ । कहिले काही त झन अरुले देखे पछि त छि छि र थु थु भन्न सक्छन भन्ने लाग्छ । म पहिले देखीनै विग्रेको मान्छे त होइन । म त्यती सारो अल्छि मान्छे पनि होइन नत म त्यती जागरीलो मान्छे नै हो । तर ममा परिवर्तन तब आयो जव मैले अन्जान मान्छेलाई उसको नाम हुदा हुदै काली उपनाम दिए र उसको मनको कुरा नबुजी उसै संग जिन्दगी बिताउने सपना देखेर उसैको मायाको सागरमा डुबी त्यहि माया वाट पटक पटक Ignore भएर भनम या म मा नै त्यस्तो कुनै कम्जोरी थियो भन्दै आफ्नो कम्जोरीको प्रायाचित गर्दै र उनका ति नमिठा यादहरुलाई विर्षन भनम या आफ्नो पछुतोलाई लुकाउन भनम आज भोली मदिरा र धुर्मपानलाई साथी बनाएको छु । मलाई यस्को लत पहिले देखी लागेको पनि होइन नत मलाई कसैले सिकाएको नै हो तर परे पछि आफे सिक्किदो रहेछ । विहान देखि बेलुकी सम्म एउटै कोठामा चाई चुई केही नगरीकन चुपचाप आन्नदले वस्न थालेको छु अचेल ।

आज पनि  मैले यहि चार भित्ताको कोठामा काली संगका ति न ति नमिठा यादहरुलाई खेलाउदै रात पारी सकेको छु । मेरो पलाङ्ख मुनि कैयौ खाली बोत्तलहरु लडिरहेका छन  । कैयौ चुरोटका ठुटहरु एकले अर्कालाई हेरेर भला कुसारी गरी रहेका छन् । चुरोटका ठुटहरुको त झनै एउटा गाउनै थुर्पी सकेको छ । खै आज फेरी मेरी कालीलाई फोन गर्न मन लागेर पलाङ्ख बाट उढेर मोबाइल भएको ठाउ सम्म पुग्दा विचरा चुरोटका निर्दौश ठुट्टाहरुलाई मेरा पैतलाहरुले कुचल्नु परेको छ।

आज भोली त दिमागमा एउटै कुरा खेली रहन्छ । आफैले आफैलाई सम्झाउदै जोर जोर संग आफे आफैलाई सुनाउदै प्रेम तँ सुर्दिनु पर्छ, तेरो लक्ष्य यो होइन भन्न मन लाग्छ र कहिले काही त चन्न पनि भ्याउछु । अझ दिमागले जति सुर्दिनु पर्छ भनेर बल गरे पनि यो भुमरीबाट  निक्ष्कु भनेनी दिलले फेरी त्यही भ’मरीमा लगेर फसाई दिन्छ र म पुन बाध्य भएर आफ्नो अतित तर्फ र ति कालीका नमिठा यादहरु सम्झन पुग्छु ।

माबाइलको Wallpaper मा रहेको उनले लेहेङ्खा चोली लगाएको सुन्दर तस्विर हेरेर टोलाई रहेको रहेछु । आफैले आफैलाई समाल्दै मोवाइलको Contact List मा पहिलो स्थानमा रहेको उनको काली भनेर Save गरेको Number मा फोन गर्न मन लाग्यो तर मैले म आफैलाई आफ्नै मनलाई रोक्छु र मेरा औलाहरु पनि छटपटी रहेका छन फोन भित्र रहेको उनको फोन नंवर थिच्न नपाउदा ।

चाहान्छ मेरो मन काली संगै वारम्वार बोलु, आफ्नो याथार्थ जिववन काहानिको एक महत्वपुर्ण हिस्सा वनाउन । उनि संग थुर्पौ कुराहरु थिए भन्न । उनले आफ्नो प्रेम कथा त मलाई सुनाईन र म पनि आनन्दले उनको काखका आफ्नो टाउको राखेर सुनि रहेको थिए । उनले अन्तिममा भनेकी थिइन पहिलो माया पहिलो हुन्छ चाहे त्यो राम्रो होस् या नराम्रो । साहेद यो उनको वाहाना थियो भनम वा वाध्यता जुन उनि म संग टाड हुने बाटो थियो उनको लागी । साहेद भनम उनले पनि म मा हाम्रो त्यो पहिलो भेटमा नै म मा त्यसतो कुनै कम्जोरी पाएरै होला हामी पहिलो भेटमै छुट्टिनु परेको । साहेद यसैलाई माया भनिन्छ होला काली ।

हामी दुई जनाको भेट नत कुनै पार्टीमा , नत कुनै विवाहमा, नत कुनै महोत्सब मा भएको भियो । हामी दुई जनाको भेट सामाजिक सञ्जाल फेसबुक मार्फत भएको थियो । पहिलो चोटी कालीको फेसबुक आइडीमा रहेका ति सुन्दर र फरक फरक पोशाकका अति सुन्दर तस्बिरहरु संग माया बसेर आयो । अनि त्यसै माथी  उनले लेखेका ति दनै लोभ्याउने Status हरु पढेर मनलाई आन्नदित तुलाउन मन लागेर आउथ्यो ।

कथा, कबिता, गजल, मुत्तक जस्ता साहित्यहरु त बचपन देखि नै लेख्ने मेरो बानि नै हो । मैले कहिलै सोचेको थिइन म आफै आफ्नै कथा आफैले लेख्न पर्छ भनेर । यो कथा मैले लेखेको कथाहरुमा तेस्रो म आफैलाइ मन परेको म आफैको “काली” नामक कथा हो । कालीले मेरो माया स्वुकारे पछि लेखेको पहिलो गजलः

गजल

तिमी देखियौ भेटियौ , र पो पाए मैले

तिमी धेरैनै शुसिल छौ, र पो पाए मैले

माया उस्ले उसलाई , क–कस्लाई गरेकै हुन यहाँ

मेरो दिलले तिम्रो दिललाई , छोयो र पो पाए मैले

माया मायाको यो सानु संसार पनि किन

तिम्रो साथमा समय यो काटे र पो पाए मैले

तिम्रो साथमा हरेक दुःख सुःख मैले कसरि

सबै दुखद सुखद हरेक घडी साटे र पो पाए मैले ।     Continue…

  • ९ जेष्ठ २०७८, आईतवार १२:४६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लिभ-इन रिलेसनशिपप्रति सामाजिक बहस: आर्थिक, नैतिक र सुरक्षाका प्रश्न फेरि चर्चामा
    आम्दानी अठन्नी खर्च रुपैया एक रोचक कथा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU