स्क्रबटाईफस बाट बझाङमा एक महिलाको मृत्यु

डीबी विष्ट, बझाङ । कोरोना भाईरस महामारीको सन्त्रास फैली रहेका बेला बझाङमा पहिलो पटक फेरी एउटा नयाँ रोग देखीएको छ । स्क्राबटाईफस नामको यो रोग बाट विहीबार एक महिलाको मत्यु भएपछि समुदायमा यो रोगकोपनि त्रास फैलिएको छ ।
दुर्गाथली गाँउपालिका वडा नम्बर एक घर भएकी २२ बर्षिया एक महिलाको स्क्रबटाईफस रोग बाट विहिवार निधन भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए छन् । उनले भने विरामी महिला एक हप्ता अघि देखी विरामी भएरु गाँउकै क्लीनिकको उपचारले निको नभएपछि गम्भिर अवस्थामा जिल्ला अस्पताल ल्याईएको थियो उनको उपचारका क्रममा निधन भएको हो ।
अस्पतालमा ल्याब परिक्षण गर्दा मृतक महिलामा स्क्रबटाईफस पुष्टी भएको थियो । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार यो रोग बझाङमा पहिलो पटक देखा परेको छ । किर्ना प्रर्जातिले टोकेमा लाग्ने यो रोगको लक्षण उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरिरमा स साना विविरा आउने, हालखुट्टा दुख्ने , दिउसो ठिक भएपनि राती बढी ज्वरो आउने लक्षण रहेने गरेको बताईएको छ ।
जिल्लामा एक साता यता मात्रै यो रोग नौ जनामा देखीएको डाक्टर खड्काले बताए । उनका अनुसार अहिले यो रोगको प्रकोप जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तडछान्न गाँउपालिका, थलारा गाँउपालिका, दुर्गाथली गाँउपालिका, र मष्टा गाँउपालिकामा देखा परेको छ । अहिले यो रोग लागेका एक जनाको जिल्ला अस्पतालमा उपचार भै रहेको र अन्य विरामी उपचारपछि घर फर्की सकेको उहाँको भनाई छ ।
यस बाट बच्नका लागी जिल्ला अस्पतालले ब्यक्तीगत र घरआगन सरसफाईमा जोड दिने, पशुचौपाया, मुसाहरु बाट बच्ने, ओसीलो ठाँउमा बस्दा वा काम गर्दा शरीर कपडाले ढाक्ने सुझाबहरु दिने गरेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया