महिला मानवअधिकार रक्षक संजाल कैलालीको अपिल " सुदुरपश्चिम प्रदेश सरकार तथा मन्त्रिपरिषदको ध्यानाकर्षण "
माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट तथा सुदुरपश्चिम प्रदेश सरकार तथा मन्त्रिपरिषदलाई महिला मनवअधिकार रक्षक सञ्जाल कैलालीले बुझाएको ध्यानाकर्क्षण पत्र जस्ताको त्यस्तै छ ।
महिला मानब अधिकार रक्षक संजाल कैलालीको अपिल : कोरोना भाइरसको दुस्प्रभावबाट बच्न भएको बन्दा बन्दिमा महिला / बालिका माथि हुने हिँसा एवं अन्य दुषपरिणामबाट जोगाऊ, नागरिकहरुको स्वास्थ्य रहन पाउने अधिकार सुनिश्चित गरौँ |
माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यू
सुदुरपश्चिम प्रदेश सरकार तथा मन्त्रिपरिषदको कार्यालय
धनगढी‚ कैलाली
कोरोना भाइरसको सँक्रमणबाट यसबेला विश्वका सबै मुलुक प्रभावित भएका छन् । नेपाल पनि यसबाट अलग रहँन सकेन । सम्भाविभ सँक्रमणबाट नागरिकको जीवन रक्षाका लागि अहिलेको अवस्थामा बन्दाबन्दीको विकल्प छैन । सबैले यसको परिपालना गर्नु अनिवार्य छ‚ तर बन्दाबन्दीले धेरै महिला एवं बालिकाहरुलाई हिँसाको जोखिममा पारेको छ, हिँसा पूर्ण बातावरणमा बाच्न बाध्य बनाएको छ । सहि एवं उपयुक्त सुचनाको अभाव, राहत एवं अन्य जीवन धन्न आवश्यक पर्ने बस्तुहरुको आभावले धेरैमा मानसिक चिन्ता, नैराश्यता एवं अन्य समस्याहरु देखिन थालेको छ |
देशको आधा जनसंख्या ओगटेका महिलाहरुलाई अहिलेको बन्दाबंदीले जसरी प्रभावित गरेको छ‚ त्यसले दीर्घकालिन रुपमा महिला बालिकाहरुको स्वास्थ्य, पारिवारिक स्वास्थ्य एवं समाजलाई असर पार्ने देखिएको छ | तर यती बेला महिला माथि हुन सक्ने र भैरहेको हिंसा एवं अन्य मानसिक एवं शारीरिक तनाब‚ पिडाका बारे जति चर्चा हुनु पर्ने हो त्यो हुन सकेको छैन |
संसारका सबै देशहरुमा यस्तो बन्दाबन्दीको स्थितिमा महिला माथि हुने हिंसा बढेको अनुसन्धानहरुले देखाएको छ | जहिले पनि कुनै पनि प्राकृतिक प्रकोप वा विश्व महामारी त्यस्तो स्थितिमा हाम्रो जस्तो पितृसत्तात्मक विश्वमा महिला र बालिकाहरु सब भन्दा बढी प्रभावित हुने, हिंसाको शिकार हुने देखिएको छ | हाम्रो देश जँहा यसै पनि महिला माथि हुने हिँसा अत्याधिक छ, यस्लाई आत्मसात गर्दै नेपाल सरकार व्दारा महिला हिँसा बिरुद्धको अभियान चलाइएको छ | यो स्थितिमा अहिले महिलाहरु घर भित्र असुरक्षित भएको, कति जनाले त यस्तै स्थिति रही रह्यो भने मेरो ज्यान कति खेर जाने हो भन्न सक्दिन भनि समुदाय तहमा काम गरि रहेका महिलाहरुलाई जानकारी समेत गराएको स्थिति छ | भर्खरै मात्रै क्वारेनटइन मै एक बालिकाको बलात्कार भएको समाचार आएको छ | घर परिवार सबै महिलाले चलाउनु पर्ने पद्धति भएको हाम्रो जस्तो देशमा अहिले परिवार भित्रको आर्थिक संघर्ष, सदस्यहरु कसलाई कतिबेला के हुने हो भन्ने त्राश, स्कुल बन्द भएको कारण, एस.इ.इ. लगायत अन्य परिक्षा नभएको कारण उत्पन्न तनाबमा रहेका बालबालिकाहरुको ब्यबस्थापन, घर खर्चको जोहो गर्नु पर्ने चिन्ता, विदेशमा भएका आफ्ना परिवारका सदस्यहरु प्रति चिन्ता र अत्याधिक एवं अनियाँत्रिक कोरोना सम्बन्धि जानकारीका कारण उत्पन्न त्राशले महिलाहरु अत्याधिक तनाब, मानशिक चिन्तामा बस्न बाध्य छन् | त्यसमा थप परिवारका सबै सदस्यहरु घरमा भएको एवं घरको पुरुष वा अन्य सदस्यले महिलाको काममा सघाउने पद्धति नभएको कारण महिलाहरुमा कामको बोझ बढेको छ | परिवारका अन्य सदस्यहरुमा अहिलेको परिस्थितिको कारण उत्पन्न मनस्थितिले जन्माएको नैराश्यता, चिन्ता जस्ता स्थितिबाट उत्पन्न आक्रोश भिन्न भिन्न रुपमा महिलाले नै खेप्नु पर्ने स्थितिको सिर्जना भएको छ |
यो स्थितिलाई सहि किसिमले समाधान गर्न सके यसले कोरोना बिरुद्धको संघर्षलाई अझै व्यापक र मजबुद बनाउनुको सट्टा समाजमा रहेको विभेद अनि त्यसबाट उत्पन्न विभिन्न खाले हिंसाहरु समेतलाई सम्बोधन गर्नेछ भन्ने ठहर गर्दै हामी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला मानव अधिकार रक्षक संजालका सदस्यहरु प्रदेश सरकारसंग निम्न बमोजिम अपिल गर्दछौ |
१. सबै क्वारेन्टाइन स्थलहरुमा महिला र बालिकाको लागि छुट्टै बस्ने व्यवस्थाको साथै छुट्टै चर्पी र सेनेटरी प्याडको व्यवस्था एवं नुहाउने ठाउँको व्यवस्था गरियोश | नागरिक समाजसंगको सहकार्यमा हरेक क्वारेन्टाइन स्थलमा मनो सामाजिक परामर्श कर्ताको व्यवस्था गरियोश |
२. प्रदेशको सामाजिक विकाश मन्त्रालयबाट कुनै पनि हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलाले फोन गर्दा २४ घण्टा नै प्रतिक्रिया दिने, कुरा सुन्ने सुझाब दिने व्यवस्था सहितको हट लाइन फोनको व्यवस्था गरियोश |
३. हरेक स्थानीय सरकार अन्तर्गत महिला तथा बालिकाहरुको कुरा सुन्ने छुट्टै निकायको व्यवस्था गरी, एउटा फोन नम्बरको व्यवस्था गरि सबै नागरिकहरुलाई जानकारी दिईयोश | सबै स्थानीय तहमा कम्तिमा एक जना मनोविमर्ष कर्ताको व्यवस्था गरि उसको काम र कस्तो अवस्थामा उसलाई फोन गर्नु पर्दछ भन्ने बारे स्पष्ट बनाउने तवरको सुचना समुदायमा पुर्याईयोस |
४. घर टोल सबै ठाउँमा कोरोना बिरुद्धको सचेतना जगाउँदा, महिला / बालिका माथि हुने हिंसा बिरुद्धको सचेतनालाई पनि संगै लिएर जाने गरि सूचना निर्माण तथा सम्प्रेषण गर्ने व्यवस्था मिलाईयोश |
५. घरमा रहेका महिलाहरुको काममा सघाउने जिम्मेवारी परिवारका सबै सदस्यहरुको हो, यस्मा परिवारको पुरुषको विशेष जिम्मेवारी हुनु पर्छ भन्ने सुचना समुदाय तह देखि नै सम्प्रेषण गरियोश |
६. गर्भवती, सुत्केरी, अनि सानो बच्चा भएकी महिलाको लागि क्वारेन्टाइन स्थल देखि नै विशेष व्यवस्था, अनि राहत वितरण गर्दा राहतको समेत विशेष व्यवस्था गरियोश |
७. अपाङ्गता भएका महिलाहरु त्यस्तो स्थितिमा झन् बढी जोखिममा हुने हुँदा अपाङ्गता भएका महिलाहरुका लागी विशेष व्यवस्था गरियोश |
८. सुकुम्बशी बस्तिमा बसेका, सडकमा ब्यापार गर्ने, घरेलु श्रमिकको रुपमा काम गर्ने, अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरुको हालको स्थितिमा काम नभएको कारण जीवन निर्वाह गर्न हुने / भै रहेको कठिनाईलाई केन्द्रित गर्दै विशेष राहत प्रदान गरियोश |
९. घरमा बिरामी, अशक्त, नागरिक भएका घरहरुको पहिचान गरि त्यहाँ खाद्यान्न, औषधि, दूध जस्ता अत्यावश्यक कुराहरुको पहुँच सजिलो बनाउने, घर मै पुर्याउने व्यवस्था गर्न स्थानीय तथा प्रादेशिक सरकार मिलेर व्यवस्था गरियोश |
१०. सेती प्रदेशिक अस्पताल कोरोना विशेष अस्पताल भएपछि अन्य विरामीहरुको उपचारका लागि अन्य अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाईएयोस । यसका साथै सिमामा अल्पत्र परेकाहरुलाई यथाशिघ्र नेपाल ल्याएर व्यवस्थापन गरियोस ।
पुनश्चः कोभिड–१९ सँगको प्रतिकार्यको सन्दर्भमा आवश्यक सहयोग तथा सहकार्यका लागि महिला मानवअधिकार रक्षक सञ्जालका सदस्यहरु सदैव तयार रहेको समेत जानकारी दिन चाहन्छौ ।
तपशिल बमोजिम सबैको सहमतिमा यो ध्यानाकर्षण पत्र ईमेल मार्फत पठाएको पनि जानकारी गराउन चाहान्छु ।
ध्यानाकर्षणकर्ताहरुः
१ निर्मला बागचन्द‚ प्रदेश सँयोजक तथा जिल्ला अध्यक्ष WHRD कैलाली
(सम्पर्क नम्बर ९८४८४३०६५५)
२ लोगशरी कुँवर‚ जिल्ला उपाध्यक्ष WHRD कैलाली
(सम्पर्क नम्बर ९८४९९६१९८६)
३ बसन्ती चौधरी‚ जिल्ला सचिव WHRD कैलाली
(सम्पर्क नम्बर ९८४८६५८१५४)
४ माहानिगार अनसारी‚ जिल्ला कोषाध्यक्ष WHRD कैलाली
(सम्पर्क नम्बर ९८२५६२६७८६)
५ अम्बिका भण्डारी‚ जिल्ला सदस्य WHRD कैलाली
(सम्पर्क नम्बर ९८४८४५२५१०)
६ साबित्रा घिमिरे‚ जिल्ला सदस्य WHRD कैलाली
(सम्पर्क नम्बर ९८४८४२४२७३)
७ अमिता कुँवर‚ जिल्ला सदस्य WHRD कैलाली
(सम्पर्क नम्बर ९८५८४२०४१८)
८ उन्नती चौधरी‚ जिल्ला सदस्य WHRD कैलाली
(सम्पर्क नम्बर ९८४८६१२२९६)
९ हरिप्रिया जैरु‚ जिल्ला सदस्य WHRD कैलाली
(सम्पर्क नम्बर ९७४९०६७४९९)
१० यशोदा सिलाधर‚ जिल्ला सदस्य WHRD कैलाली
(सम्पर्क नम्बर ९८०९४७२०१५)
११ बिनु राना‚ जिल्ला सदस्य WHRD कैलाली
(सम्पर्क नम्बर ९८५८४२५२०४)
१२ बसन्ती सोव‚ सदस्य WHRD कैलाली
(सम्पर्क नम्बर )
१३ चँकी चौधरी‚ जिल्ला सदस्य WHRD कैलाली
(सम्पर्क नम्बर )
१४ डाक्टर जानकी तुलाधर सल्लाहकार WHRD कैलाली
(सम्पर्क नम्बर ९८४८६६०३६६)
समन्वयकर्ताः
——————— २०७६।१२।२९
निर्मला बागचन्द,
(प्रदेश संयोजक तथा जिल्ला अध्यक्ष)
महिला मानवअधिकार रक्षक संजाल कैलाली,
(सम्पर्क नं. ९८४८४३०६५५)
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया