समता बोडिङमा अध्यानरत बालकको रहस्यमय मृत्यु
डीबी विष्ट असोज २ बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा संचालनमा आएको समता बोडीङ स्कुलमा अध्यानरत एक बालकको रहस्यमय मृत्यु भएको छ ।
नर्सरीमा अध्यानरत जयपृथ्वी नगरपालीका वडा नम्बर ७ का ५ बर्षिया नगीन कुवरको रहस्यमय मृत्यु भएको हो । सोमबार विद्यालयका छुट्टी भएर घर जाने क्रममा कक्षा कोठा भित्रै बेहोस अवस्थामा फेला परेको बोडीङ् स्कुलका प्रिन्सीपल योगीता जोशिले बताउनु भयो ।
उहाँका अनुसार बेहोस अवस्थामा कक्षा कोठामा पल्टीएका बालकलाई उपचारका गर्नका लागी जिल्ला अस्पतालमा लैजादै गर्दा विच बाटोमा नै ज्यान गै सकेको थियो ।
जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार बालकको टाउकोको पछाडी पट्टी चोट लागेको पाईएको थियो । बालक संग उहाँकै दिदि नविना कुवर रहेको प्रिन्सीपलले बताउनु भएको छ । विद्यालयको छुट्टी ३ बजेर ५ मिनेटमा हुन्थ्यो । हामीहरु र भएका शिक्षीका साथीहरु सबै बालबालीकाहरुलाई अभिभावकको जिम्मा लगाउदै थियौ । घटना कसरी घट्यो भन्ने पत्तो नै लागेन ।
हामीहरु पनी अचम्मामा परेका छौ । आफुहरुले थाहा पाउने वित्तीकै अस्पतालमा नै ल्याउने क्रममा बालकको विच बोटोमा नै निधन भै सकेको रहेछ । यता जिल्ला प्रहरी कार्यलय बझाङका अनुसार घटनाका बारे अनुसन्धान भै रहेको बताईएकोे छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया