न्यायका लागि ज्यान गुमाएका शनि खुनालार्इृ शहिदको सम्मान सहित अन्त्यष्टि "कर्फ्युका कारण रक्षाबन्धन निरस "
लिलि कुँवर महेन्द्रनगर ११ भाद्र । सर्वपक्षिय बैठकले न्यायका लागी लडदा लडदै ज्यान गुमाएका शनि खुनालाइृ शहिद घोषण गर्दै शनि खुना र बलात्कार पछि हत्या भएकी निर्मला पन्तको परिवार लाई जनहि १०। १० लाख दिने निर्णय गरियो । २०७५।५।८ गते आन्दोलनका क्रममा ज्यान गुमाएका शनि खुना को पार्थिक शरिर आईतबार १० गते माहाकाली नदीमा अन्त्यष्टी गरियो ।
महाकाली नदीको ब्रह्मदेवमा प्रदेश सभा सदस्य माननीय तारा लामा तामाङ्ग, भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले संयुक्त रुपमा नेपालको राष्ट्रिय झण्डा ओढाई, नेपाल प्रहरीले सलामी दिएर अन्तिम बिदाई गरियो । महेन्द्रनगर बजार क्षेत्रमा ३ दिन देखि लागेको कर्फ्यु हिन्दुहरुको महान चाड जनैपूर्णिमाको लागी बिहान ५ बजे देखि १० बजेसम्म खुल्ला गरिएको थियो । थोरै समयको लागी भए नी कर्फ्यु खोल्दा बाटोमा दिदि बहिनीहरुको निकै घुइँचो देखन पाईयो । रक्षा बन्धन मनाउनका लागी मानिसहरु एक ठाँउबाट अर्का ठाउँमा निकै हर्षउल्लास अरु वर्षको जस्तो रमाईलो नभएपनि मनाएका थिए । अर्जुन नाम गरेका स्थानियलाई हामीले सोध्दा कस्तो छ रक्षा बन्धन–उनको जवाफ थियो ।
एक छिन १० बज्ने बितिकै कर्फ्यु लागी हाल्छ दिदिकोमा भ्याउछु बैनीको अलि टाढा छ घर जान नपाइृने भो शान्ति सुरक्षालाई मध्यनजर गर्दै लागु गरिएको कर्फ्यु प्रति पूर्ण समर्थन भएपनि हिन्दुहरुको महान चाड जनैपूर्णिमा दिदिबहिनी तथा दाजुभाईहरु नजिकैको स्थानमा समेत जान नपाउदा दुःख प्रकट गरेका थिए । कर्फ्युले स्थानिय वासीहरुको जनजिवनै अस्तब्यस्त छ । महेन्द्रनगरमा अरु वर्ष जस्तै जनैपूर्णिमाको खुशी र रक्षाबन्धनको रौनक कही देखन पाईएन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया