सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बाजुरामा लघुबित्त उद्यम विकास सम्बन्धि युवालाई तालिम

रमित बि.क., बाजुरा । लघुबित्त उद्यम विकास सम्बन्धि युवाहरुका लागि ५ दिने तालिम सदुरमुकाम मार्तडीमा आईतबारबाट सुरु भएको छ । पिसविन बाजुरा, युवा सशतिmकरण बुल्गारी परियोजना तथा सेभ द चिल्ड्रेन बडिमालिका नगरपालिका एवंम घरेलु तथा साना उद्योग विकास बाजुरा संगको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

बेरोजगार युवाहरुलाई तालिम दिई आत्मनिर्भेर बनाई बिदेश नभई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य सहित तालिम सञ्चालन गरिएको सेभ द चिल्डेनका प्रेम बहादुर पुनले बताए ।

सिकेका कुरा ब्यवहारमा उतारौँ ः उप-प्रमुख बिष्ट

तालिमको उद्घाटन गर्दै बडिमालिका नगरपालिकाका उपप्रमुख कविता बिष्टले तालिम एउटा लाईनमा मात्र ल्याउने प्रक्रिया भएकाले तालिमबाट सिकेका कुराहरु व्यवहारमा ल्याउन आग्रह गरिन् । नगर क्षेत्रमा रहेको बेरोजगार युवाहरुका लागि नगरपालिकाले बिशेष कार्यक्रमहरु सञ्चालन गरिरहेकोले नगर क्षेत्र भित्रका सम्पूर्ण युवाहरुले समुह बनाई उद्योग सञ्चालन गर्ने प्रक्रियामा आए नगरपालिका सहयोग गर्ने तयार रहेको बताए ।

कार्यक्रममा बोल्दैँ रेडियो बाजुराका सञ्चालन समितिका अध्यक्ष सामाजिक अभियान्त एवंम मानव अधिकार एअरलाईन्सका केन्द्रिय उपाध्यक्ष लाल बहादुर ओलीले तालिम प्राप्त गरेर मात्र नहुने हुदाँ युवाहरु सफल उद्यमी भई देखिन अनुरोध गरे । उनले पछिल्लो समयका युवामा कर्म नगर्ने प्रबृति बढी देखिएकोले तालिममा सिकेका कुराहरुलाई मुनाफा लिने गरी आत्मनिर्भेर बन्न सुझाव दिनुभएको छ । सरकारी तथा गैरसकारी संघ संस्थाले तपाईहरुका लागि आत्मनिर्भेर बन्नका लागि धेरै लगानी गरिरहेकोले लगानी अनुसारको प्रतिफल प्राप्त गर्ने अनुरोध गरे ।

कार्यक्रममा बडिमालिका नगरभित्रका ३५ बढीको युवा तथा युवतीहरुको सहभागिता रहेको छ । तालिम आजबाट करिव ५ दिन सम्म सञ्चालन हुने भएको छ । रेडियो बाजुराको तालिम हलमा आयोजना गरिएको तालिमको अध्यक्षता पिसविन कार्यक्रम प्रबन्धक जुद्ध रावल रहेका छन् ।
कार्यक्रममा बडिमालिका नगरपालिकाका उपप्रमुख कविता बिष्ट, रेडियो बाजुराका सञ्चालन समितिका अध्यक्ष सामाजिक अभियान्त एवंम मानव अधिकार एअरलाईन्सका केन्द्रिय उपाध्यक्ष लाल बहादुर ओली,घरेलुका पदम ऐर, सेभ द चिल्ड्रेनका प्रेम बहादुर पुन लगायतको सहभागिता रहेको थियो । पिसविन परियोजना संयोजक धर्म बहादुर रोकायाले सञ्चालन गरेको तालिमको घरेलु तथा साना उद्योग विकास समितिका पदम ऐर, सेभ द चिल्ड्रेनका प्रेम बहादुर पुन,पिसविन परियोजना अधिकृत धर्म बहादुर रोकाया,खडक जैशीले सहजीकरण गरिरहेका छन् ।

  • २६ फाल्गुन २०७५, आईतवार १३:१६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU