नर्स गायिका सरिता प्रजापतीको तिज योजना
भक्तपुरमा जन्मेकी सरिता प्रजापती पेशाले नर्स भएपनि आफुलाई गायिका भनेर चिनाउन चाहन्छन् । पछिल्लो समयमा गायिका प्रजापति मेला महोत्सव र स्टेज कार्यक्रममा व्यस्त हुने गायिकामा पर्छन् । बिभिन्न भाषाभाषिका गित गाउन अब्बल सरिताले तिन दर्जन भन्दा बढी गितहरुमा आफ्नो आवाज दिई सकेकी छन् । भक्तपुरमा त्यसमा पनि नेवार परिवारमा जन्मेकीे सरितालाई भने सुदूरपश्चिमका देउडाभाका पनि मज्जाले गाउन आउछ । साँगितिक यात्रा संगै पढाई र कामको शिलशिलामा देशका बिभिन्न ठाउ र परिवेशको उनलार्ई राम्रो अनुभव छ । गायिका सरिता प्रजापतिले २०६७ सालमा आफनो पहिलो ठ्याकै मन मिलेको साईत जुरेको एल्वम बजारमा ल्याएर साँगितिक क्षेत्रमा प्रवेश गरेकी हुन् । बजारमा अहिले उहाँका थुप्रै गित मध्य ढाका टोपी क्या राम्रो सुहाको, बारुले कम्मर, सम्झनालाई जाली रुमाल, हेर्दा हेर्दा जवानीले छोईसकेछ,आईलभयू, बुढा बुढी एक्सप्रेस र हर हर महादेव लगाएत गितहरु चर्चामा छन् । २०७१ साल देखि आम दर्शक र स्रोता माझ् तिज गित मार्फत आउने गरेकी सरिता संग पत्रकार निराजन परियारले तिजको सेरोफेरोमा रहेर कुराकानी गरेका छन् ।

यहाँलाई नेपाल सन्र्दभ अनलायनको कुराकानीमा स्वागत छ ?
धन्यवाद तपाई र नेपाल सन्र्दभ अनलायन परिवारलाई ।
आजभोली के मा व्यस्त हुनुहुन्छ ?
आजभोली मेरो पेशा नर्सिङ संगै गित संगीतमा नै लागिरहेकी छु,त्यसमा पनि अहिले महिला दिदिबहिनीको महान पर्व हरितालिका तिजमा केन्द्रित भएर कार्यक्रममा व्यस्त छु ।
तपाई लाई के भनेर चिन्ने ?
हाहाहा…हास्दै.. म पेशाले नर्स हो तर मेरो परिचय नै गायन भएकाले गायिका भनेर नै चिनाउन चाहन्छु ।
यो बर्षको तिजको कोसेली के छ दिदिबहिनीहरुको लागि यहाँको ?
तिजको गित म २०७१ साल देखि गाउदै आएकी छु, यो बर्ष अलि फरक तरिका र नयाँ धारको सन्देश मुलक सबै प्ररदेशमा हो भन्ने गित ल्याएर आएकी छु ।
यो गितको सन्देश के हो ?
यस गितको सन्देश नै आफनो माया गरेको मान्छे परदेशीयको पिडा र तिजमा संगै नभएको त्यसमा पनि आफ्नो जन्मदिन आमाबुवा र माईतिलाई सम्झीएको छ ।
तिजमा वर्त बस्नु हुन्छ ?
तिजमा वर्त बस्छु,तर स्वास्थ्यलाई नै असर पार्ने किसिमले र केहिपनि नखाने भोकभोकै बस्नुपर्छ भन्ने मान्यता मेरो छैन् ।
तिजको पलान के तपाईको ?
मेरो तिजको पलान भनेको देशका बिभिन्न ठाउँका दिदिबहिनीहरु आयोजना गरेको तिज कार्यक्रममा सहभागि हुने र त्यसमा पनि प्रवासी दाजुभाई दिदिबहिनीहरुले आयोजना गर्ने तिज कार्यक्रमको लागि निम्तो आएकोले, यो बर्षको तिज प्रवासमा हुने छ ।

तिजको तडक भडकलाई कसरी हेर्नुहुन्छ ?
मलाई त खासमा तिजको तडक भडक देखेर दुःख लाग्छ, अहिले पहिलेको जस्तो तिजमा एक महिना पहिले देखि नै दर खाने, यस्तो खालको तडक भडक देखिदैन् । म दिदिबहिनीहरुलाई यो तिज हामी महिला दिदिबहिनीको पबित्र तिज हो यसलाई कुनै खालको बिकृतिको रुपमा भन्दा पनि पबित्र पर्वको रुपमा मनाउनुपर्छ भन्छु ।
अबको योजना के छ तपाईको ?
मेरो आगामी योजना भनेको गित संगित सामाजिक क्षेत्र नै हो । अब केही समयमा नयाँ गितहरु रेकड गर्ने तयारीमा छु ।
तपाईको यो क्षेत्रमा पे्ररणाको स्रोत ?
गित संगित अग्रज कलाकार र बुवाआमा नै हुन् । उहाँहरुको प्रेरणाले आज म यस ठाउँमा छु ।

अन्त्यमा के भन्न चहानुहुन्छ ?
आउदै गरेको महिला दिदिबहिनीहरुको पर्व हरितालिका तिजको शुभकामना दिन चाहान्छु, र गित संगितमा प्रवेश गर्न चाहाने नयाँ साथीहरुलाई रहरले होईन बुझेर सिकेर आउनु होस् भन्न चाहान्छु ।
धन्यवाद महत्वपुर्ण समयका लागि तपाईलाई ?
यहाँलाई पनि धन्यवाद मेरा केही कुरा राख्न दिएकोमा ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया