सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मर्यादाक्रमप्रति प्रदेशसभाका सभामुख र उपसभामुख असन्तुष्ट

 

 काठमाडौं । प्रदेश सभाका सभामुख र उपसभामुखहरुले नेपाल सरकारले तय गरेको मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका छन् ।

सभामुख देवराज घिमिरेका अनुसार साउन ५ र ६ गते भएको ‘संघीय संसद तथा प्रदेश सभाका सभामुख र उपसभामुखबीच अनुभव आदान प्रदान तथा अन्तर्क्रिया कार्यक्रम’ मा यो विषय उठेको थियो । प्रदेशसभाका सभामुख र उपसभामुखले मर्यादाक्रमको विषय उठाएपछि उक्त कार्यक्रमले यस विषयमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

‘संघीय शासन प्रणालीको भावना अनुकुल प्रदेश सभाका सभामुख र उपसभामुखको मर्यादाक्रममा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराउने’ सभामुख र उपसभामुखहरुको कार्यक्रमको निष्कर्ष छ ।

नेपालको मर्यादाक्रम अनुसार प्रदेश सभाका सभामुख नवौं नम्बरमा छन् । प्रदेश सभाका उपसभामुख दशौं नम्बरमा छन् ।

प्रतिनिधिसभाका सभामुख घिमिरे अहिले भइरहेको मर्यादाको बारेमा केही प्रश्नहरु उठेको बताउँछन् ।

‘मर्यादाक्रम सरकारले नै तोक्ने परिपाटीबाट हामी आइरहेका छौं । सरकारले तोक्दा एउटै पदलाई कहिले एक तह माथितिर कहिले एक तह तलतिर गर्ने कामहरु गरेको छ’, सभामुख घिमिरे भन्छन्, ‘ राष्ट्रिय सभाको उपाध्यक्ष, प्रतिनिधिसभाको उपसभामुख को सँग बराबरी हुने, अथवा कहाँ राख्ने, के गर्दा वैज्ञानिक हुन्छ, यो कुरालाई सविस्तार छलफल गरेर निष्कर्षमा पग्नुपर्छ र त्यो मर्यादाक्रमको आधारमा सुविधादेखि अन्य कुराहरु व्यवस्थित हुनुपर्छ ।’

मर्यादाक्रमबारे एकीकृत रुपमै निर्णय लिएर कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ ।

पछिल्लो मर्यादाक्रम अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश पछि प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका उपाध्यक्ष छन् । पाचौं नम्बरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्ष छन् ।

सातौं नम्बरमा प्रदेश प्रमुख छन् । आठौं नम्बरमा नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख(आफ्नो प्रदेश बाहिर), प्रतिनिधिसभाको विपक्षी दलको नेता, नेपाल त्न पाउने महानुभावहरु, पूर्व प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सत्तापक्षको संसदीय दलको उपनेता, व्यवस्थापिका संसदमा पूर्व सभामुख, प्रतिनिधिसभाका पूर्व सभामुख, राष्ट्रिय सभाका पूर्व अध्यक्ष र नेपाल सरकारका पूर्व उपप्रधानमन्त्रीहरु छन् ।

प्रदेश सभाका सभामुखसँगैको नवौं नम्बरको मर्यादामा नेपाल सरकारका राज्यमन्त्री, प्रतिनिधिसभामा सत्तापक्षको मुख्य सचेतक, प्रतिनिधिसभामा विपक्षी दलको प्रमुख सचेतक, प्रतिनिधिसभाका विषयगत समितिका सभापति, राष्ट्रिय सभाका विषयगत समितिका सभापति, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, न्याय परिषदका सदस्य, महान्यायधिवक्ता, राष्ट्रिय सभामा सत्तापक्षको नेता र मुख्य सचेतक, राष्ट्रिय सभामा विपक्षी दलको नेता र प्रमुख सचेतक लगायत छन् ।

प्रदेश सभाका उपसभामुखसँगै दशौं नम्बरको मर्यादाक्रममा नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधिसधाका सदस्य, राष्ट्रिय सभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्यन्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका बिभिन्न समितिका सभापति, काठमाडौं महानगरपालिकाका प्रमुख, संविधानसभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारको मुख्य सचिव र प्रधान सेनापति छन् ।

अनलाइन खबरबाट
  • ७ श्रावण २०८०, आईतवार १०:४८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU