सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अछामको वरदादेवि मन्दिरमा महायज्ञ सञ्चालन हुने

अछामः अछामको बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रामा रहेको वरदादेवि मन्दिर प्राण प्रतिष्ठा महोत्सव एवं नवाह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ।

चैत ४ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा र नवाह महायज्ञ सञ्चालन हुने भएको हो। वरदादेविको नवनिर्मित मन्दिरको चैत ४ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा र नवाह महायज्ञ गरि नवनिर्मित मन्दिरमा देविलाई सार्ने वडा अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए। बि.स १८५० देखि अनवरत रूपमा देवीको पूजा आराधना सहित हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन डौठेगडा मेला लाग्दै आएको छ।

ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ मूर्ति प्राण प्रतिष्ठा र श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञको आयोजना गरी अझ यसको प्रचार–प्रसार र धार्मिक गतिविधिलाई बढाएर समाजलाई अनुशासित, नैतिकवान् धर्मवान् बनाउने लक्ष्यका साथ नवाह ज्ञान महायज्ञ  सञ्चालन गरिएको मुल आयोजक समितिका अध्यक्ष नर बहादुर खड्काले बताए।

देवीको मूल थानलाई मन्दिर बनाउन २०३७ सालमा शीलान्यास गरिएको वरदादेवि मन्दिर २०७६ सालमा निर्माण सम्पन्न भएको हो। २०७६ सालमै मन्दिरको प्राण प्रतिष्ठा र नवाह महायज्ञ गर्ने तयारी गरिएपनि बिश्वभरि फैलिएको कोरोना महामारीका कारण पछाडि सरेको हो।

अन्य बेला भन्दा पनि डौठेगडा मेलामा अछाम सहित डोटी, बाजुरा, कैलाली, कञ्चनपुर , दैलेख कालिकोटबाट वरदादेविको दर्शन गर्न हजारौं भक्तजन आउने गर्छन्। वरदादेविले मनोकांक्षा र चाहना अनुरूप वरदान दिने मनको आकांक्षा पूरा गरिदिने जनमानसमा बिश्वास समेत रहदै आएको छ। दिनेश खबर

  • २१ फाल्गुन २०७९, आईतवार ०८:०४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    आशा भोसलेको निधनप्रति भारतको दूतावासद्वारा समवेदना, नेपाल–भारत सांस्कृतिक सम्बन्धको स्मरण
    श्रीधर बिष्णु मन्दिको प्राण प्रतिष्ठा सम्पन्न

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU