मानवजातिलाई सत्मार्गमा हिंड्न प्रेरित गर्दै छ, निरंकारी मिशन
धनबहादुर बिक, पुनर्वास । सन्त निरंकारी मण्डल केन्द्रीय सचिव तथा निरंकारी मण्डल महेन्द्रनगर का प्रमुख तथा ज्ञान प्रचारक नरबहादुर बिकको उपस्थितिमा आज पुनर्वास मा बृहत सत्संग को आयोजना गरिएको छ । निरंकारी मिशनले सम्पूर्ण मानवजातिलाई सत्मार्गमा हिंड्न प्रेरित गरेको छ केन्द्रीय सहसचिव नरबहादुर बिकले सत्संग मा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

पुनर्वास नगरपालिका वडा नम्बर ४ जनकबस्ति मा रहेको सन्त निरंकारी मण्डल पुनर्वासको साप्ताहिक जरनल सत्संग मा विराजमान ज्ञान प्रचारक तथा मण्डल का केन्द्रीय सह सचिव नरबहादुर बिकले सो भनाइ व्यक्त गर्नुभएको हो । नेपालको भिभिन्न शाखा सत्संग भवन को सत्संग अवलोकन भ्रमण गर्ने क्रममा सन्त निरंकारी मण्डल का केन्द्रीय सहसचिव पुनर्वास मा रहेको सत्संग भवनको अवलोकन गर्न शनिबार पुग्नुभएको थियोे ।

समाजलाई प्रेमको माध्यमबाट रूपान्तरण गर्न निरंकारी मिशन को उदय भएको हो , सदगुरू ले मानवजगत लाई शान्ति को बाटोमा हिंडन सिकाएको छ ।आज धेरै बालबालिका तथा युवायुवती हरू कुलतमा फसेका छन उनिहरूलाई सहि बाटोमा डोर्याउन सन्त निरंकारी मिशनले प्रेरित गरेको छ बिकले बताउनुभयो । निरंकारी मिशन ले सानो ठुलो उचनिच तथा भेदभाव रहित समाज निर्माण का लागि सक्रिय हुँदै सांसारिक लोभ मोह बाट टाढा राखेर सम्पूर्ण मानव जातिलाई एकआपसमा सामाजिक सदभाव , भाईचारा का साथ भावनात्मक सम्बन्ध लाई बलियो बनाई आध्यात्मिक विचारमा परिवर्तन ल्याई शान्ति को मार्गमा जोड्ने अभियानमा अघि बढेको केन्द्रीय सहसचिव बिकले विचारमा भन्नुभयो ।

महेन्द्रनगर मुखि तथा ज्ञानप्रचारक । सन्त निरन्कारी मिशनले ब्रम्हाज्ञानको माध्यम बाट आध्यात्मिक जागृति गराउनु का साथै समाजकल्याण को मार्ग समेत लिएको छ ज्ञान प्रचारक बिकले विचार राख्नुभएको थियो । निरंकारी मण्डल नेपाल को २६ जिल्लामा शाखा सत्संग भवन निर्माण गरि संघिय राजधानी काठमाण्डौं मा केन्द्रीय सत्संग भवन स्थापना भईसकेको केन्द्रीय सहसचिव बिकले जानकारी दिनुभयो ।
सो अवसरमा सन्त निरंकारी मण्डल पुनर्वास का प्रमुख एबं ज्ञान प्रचारक राम प्रसाद गुरूङले आफ्नो विचार राख्दै ईश्वरको भक्ती गर्नुपूर्व ईश्वरको पहिचान गर्नु जरुरी हुन्छ श्रद्धा, भक्ति र विश्वासद्वारा नै मनमा आनन्दको वास हुने गर्छ र निरंकारी मिशनले मानवताको जगेर्ना गर्ने , बालबालिका तथा युवाहरूमा आध्यात्मिकताको विकास गर्ने उदेश्य मा आज निरंकारी मिशन अघि बढ्दै गईरहेको सन्त निरंकारी सत्संग भवन पुनर्वास प्रमुख गुरूङले आफ्नो विचारमा भन्नुभयो ।
वर्तमानमा युवालगायत किशोरहरू समेत कुलतमा लागेकाले यस मिशनले बालबालिका, किशोर, युवा, प्रौढ, वृद्ध सबैलाई भक्तिको मार्गमा डोर्याउने अभियानमा लागेको बिषय ज्ञान प्रचारक गुरूङले उल्लेख गर्नुभयो ।सत्संग मा विभिन्न सन्तजनले निरंकारी मिशन संग सम्बन्धित आध्यात्मिक विचार तथा भजन कृतन प्रस्तुत गरेका थिए । सत्संगको सञ्चालन युवा सेवादल किरन बिस्वकर्माले गरेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया