भवानी भट्ट / टोकियो ३० साउन । जापान आएको मेरो तीन वर्ष मात्र भयो। जापानी भाषा राम्रोसँग नजाने पनि यहाँको भाषा, संस्कृति र परम्परा बुझ्ने चासो भने निरन्तर छ। हरेक वर्ष अगस्टको मध्यतिर आउने ‘ओबन’ ले पनि मेरो ध्यान खिच्दै आएको थियो। जापानीहरू यो समयमा आफ्नो जन्मथलो फर्कने, दिवंगत आफन्तका चिहान सफा गर्ने, फूल चढाउने, मन्दिर जाने र परिवारसँग भेला हुने गरेको देख्दा मेरो मनमा स्वाभाविक प्रश्न उठ्यो, यो त...
काठमाडौं २९ चैत्र । दिग्गज गायिका आशा भोसलेको निधनप्रति नेपालस्थित भारतीय दूतावासले गहिरो दुःख व्यक्त गरेको छ। दूतावासले आइतबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनको असाधारण सांगीतिक यात्राले विश्वभरका करोडौं श्रोताको मन छोएको उल्लेख गरेको छ। दूतावासले जारी सन्देशमा आशा भोसलेको कालजयी स्वरले दक्षिण एसियाली सांगीतिक परम्परालाई समृद्ध बनाएको र नेपालसहित विश्वका विभिन्न मुलुकका श्रोतामाझ उनी उत्तिकै प्रिय रहेको उल्लेख गरिएको छ। “उनको अमर स्वर र उत्कृष्ट सांगीतिक योगदानले हाम्रो...
कीर्तिपुर १२ फागुन । कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित चारघरेमा रहेको जालन्धर पीठमा जालपादेवी मन्दिर पुर्ननिर्माण क्रममा श्रीधर विष्णुको मूर्ति भेटिएपछि नयाँ मन्दिर निर्माण गरी मिति २०८२ फागुण १० गते प्राण प्रतिष्ठा गर्ने कार्यक्रम सम्पन्न गरिएको छ । २०७२ सालको भूकम्पबाट शक्तिपीठलाई क्षति पुर्याएपछि, २०७५ फागुण बाट पुर्ननिर्माण कार्य सुरु गरिएको थियो । सोही क्रममा २०७५ चैत्र १६ गतेका दिन जलहरी सहितको श्रीधर विष्णुको मूर्ति फेला परेको थियो ।...
कंचनपुर ५ माघ । बैतडी जिल्लाको देहिमाण्डौमा अवस्थित निङ्गलाशैनी मन्दिरलाई मानसखण्ड क्षेत्रकै सबैभन्दा पुरानो, प्राचीन तथा ऐतिहासिक भगवती मन्दिरका रूपमा मानिन्छ। निङ्गलाशैनी भगवती स्फुटित भगवतीका रूपमा पूजित रहँदै आएकी छन् भने यहाँ वैदिक सनातन विधिअनुसार नित्य पूजा–आराधना हुँदै आएको छ। ऐतिहासिक अभिलेखअनुसार विक्रम संवत् १९४५ मा तत्कालीन प्रधानमन्त्री वीर शमशेर राणाको पालामा निङ्गलाशैनी मन्दिरलाई नेपाल सरकारको धार्मिक स्थलका रूपमा सूचीकृत गरिएको थियो। त्यसपछि विक्रम संवत् १९८४ मा प्रधानमन्त्री चन्द्र शमशेर...
काठमाडौं १० असोज । बडादशैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन...
काठमाडौं ९ असोज । नेपाली हरुको महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ। उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको उल्लेख छ। यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी...
काठमाडौ १५ भाद्र ।सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्व यस वर्ष सुदुरपश्चिम लगायत काठमाडौको टुडिखेलमा गौरा महोत्सवआयोजना गरेर हर्षोउल्लासका साथ मनाइयो । काठमा गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्दछन् । व्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । शनिबार गौरादेवीमा चढाएको दुबधागो )मन्त्रिएको एक किसिमको...
पनौती, काभ्रे, २९ श्रावण । पनौतीको पवित्र धरातलमा यस्तो दृश्य देखियो, जुन केवल इतिहासका पानामा मात्र होइन, भक्तजनको हृदयमा पनि अमर भएर रहनेछ । विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा बिहानको सुनौलो किरणसँगै गुञ्जायमान थियो मन्त्रध्वनि, धूप–दीपको सुवास र भक्तिभावले भरिएका हजारौँ आँखाहरू । शिवको पाशुपतास्त्रको प्रतीक विश्वकै अग्लो त्रिशूल स्थापनापछि, ७७ जिल्लाको रथयात्राको गौरव बटुलेको यस पवित्र पीठले आज पुनः नयाँ अध्याय लेख्यो – ६.५ केजी शुद्ध चाँदीको ‘निशानी’...
काठमाडौं, साउन २५ — नेपाली आधुनिक संगीतको क्षेत्रले एक नयाँ भावनात्मक प्रेम समेटिएको मौलिक सिर्जना सार्वजनिक गरिएको छ । समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार पारिएको गीत “भो यो माया” सार्वजनिक गरिएको छ। गीतमा गायक नारायण सुवेदी ‘आभास’ को सुमधुर स्वर सुन्न पाइन्छ, जसले गीतलाई भावनात्मक र मन छुने बनाएको छ । गीत “भो यो माया” ले नेपाली संगीतमा आधुनिकता र परम्पराको समायोजन गर्दै नयाँ स्वाद ल्याएको छ। सर्जक...
काठमाडौं ५ श्रावण । आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शन गर्न आउने भक्तजनको भिडलाई मध्यनजर गर्दै बिहान ३ बजेदेखि नै लाम व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालनलगायत काम भैरहेका पशुपति...

