धनगढी, जेठ १० कैलालीको धनगढीमा नयाँ फोटोन र सोकोनको (बतास एमएडब्लु कमर्सियल भेकल्स) शो रूम सञ्चालनमा आएको छ । शो रुपमको एक समारोहका बिच धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले उदघाटन तथा माउन्टेन ईभी सार्वजनिक गरिन् । सो अवसरमा बोल्दै उपप्रमुख रानाले विद्युतिय सवारी साधनको प्रयोगले प्रर्यावरणमा टेवा पुग्ने बताउँदै भनिन्–‘इन्धनका सवारी साधनका कारण वातावरणमा प्रदुर्षण बढेको छ । सोही कारण अब विद्युतिय सवारी साधननै उपयुक्त देखिन्छ ।’ उनले धनगढीले...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भ्रमण भिसामा विदेश जाने विषय श्रम मन्त्रालय र यसअन्तर्गतका निकायहरूको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका छन्। शुक्रबार विभागमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक भट्टराईले भ्रमण भिसा लिएर विदेश जाने व्यक्तिहरूसँग मन्त्रालय वा मातहतका निकायको कुनै सम्बन्ध नरहने बताए। उनले भने, “भ्रमण भिसा अध्यागमन विभागको क्षेत्राधिकारभित्र पर्छ। हाम्रो मन्त्रालय र विभागको सरोकार केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने...
काठमाडौं ७ जेष्ठ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । वालुवाटारस्थित बैङ्कको कार्यालयमा बुधबार पदभार गर्दै उनले बैङ्क तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताए । उनले भने, ‘हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ ।’ त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा...
काठमाडौं ६ जेष्ठ। नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा अर्थविज्ञ डा. विश्व पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्कोमंगलबार बसेको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो। गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा डा.पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र दिनेश भट्टराई थिए। नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ देखि नै रिक्त थियो। डेपुटी गभर्नर निलम ढुङ्गानाले कामुको रूपमा राष्ट्र बैंकको कामकाज गरिरहेकी थिइन् । गभर्नरको पद...
धनबहादुर बिक ३ जेष्ठ । पुनर्वास जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ६ स्थित टाउन बजार मा कृषि हाटबजार व्यवस्थापन सञ्चालन समिति गठन गरिएको छ । पुनर्वास उधोग बाणिज्य संघ ,पुनर्वास नगरपालिका वडा नम्बर ६ वडा कार्यालय तथा प्रतिभा नगर बजार व्यवस्थापन समिति को बिशेष पहलमा प्रतिभानगर कृषि हाटबजार व्यवस्थापन समिति गठन गरिएको हो । नव गठित समितिको संयोजक मा समाजसेवी सोमराज वराल , सह-संयोजक मा उमेश कुमार बिस्वकर्मा , सचिवमा...
काठमाडौं १ जेठ। साताको अन्तिम दिन सेयर बजार घटेको छ । बिहिवार आज नेप्से परिसूचक ८.४१ अंकले घटेको हो । जसका कारण नेप्से २६११.८५ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कूल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै, एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ। जसअनुसार १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर खरिदबिक्री हुदाँ आज ७ अर्ब ८३ करोड,...
धनगढी,१ जेठ । आर्थिक वर्ष २०८०/८१ मा कैलाली जिल्लाका १३ वटा स्थानीय तहमा ४७ करोड ६९ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षक कार्यालयको ६२औं वार्षिक प्रतिवेदनअनुसार जिल्लाभरका स्थानीय तहको लेखा परीक्षण गर्दा यस्तो बेरुजु देखिएको हो। प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु मोहन्याल गाउँपालिकामा देखिएको छ। गाउँपालिकाको कूल बजेट ९७ करोड २७ लाख ५९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ७ करोड ६ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको हो। त्यसैगरी लम्केचुहा...
काठमाडौं ३१ बैशाख । महालेखापरीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको छ । बुधबार महालेखापरीक्षक तोयम रायाले ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामन्त्रद्र पौडेलसमक्ष पेस गरेका हुन् । संविधानको धारा २९४ को उपधारा १ बमोजिम प्रतिवदेन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...
वीरेन्द्रनगर, सुर्खेत – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको प्रमुख आतिथ्यतामा र ऋति फाउण्डेशनको आयोजनामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धी प्री-बजेट छलफल कार्यक्रम सम्पन्न भएको छ। वीरेन्द्रनगरमा सम्पन्न उक्त छलफल कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू, योजनाविद्, सरोकारवाला निकायका सदस्यहरू, विज्ञ तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै मन्त्री शाहले आगामी बजेट तयारी प्रक्रिया पारदर्शी, समावेशी र आवश्यकता–आधारित हुने प्रतिबद्धता जनाउँदै...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्। दुबै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए। सो अवसरमा आयोजना अन्तर्गतको ‘युनिट–२’को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षरोपण पनि गरेका थिए । उर्जामन्त्री खड्काले नेपालका...

