प्रथम बडिमालिका साँस्कृतिक महोत्सवको तयारी तिब्र
रमित बि.क.बाजुरा १२ फागुन । बाजुराको सदरमुकाम मार्तडीमा प्रथम बडिमालिका साँस्कृतिक महोत्सवको तयारी तिब पारिएको छ । कार्यक्रममा बाजुराबासीलाई मनोरन्जन राष्ट्रिय कलाकारहरु बाजुरा आउने भएका छन् ।

स्थानीय कला सँस्कृतिहरुमा डेउडा खेल, भुवा नाँच, हुड्के नाच, पुतला नाच, गौरा नाच, भोटे सेलो लगाएतको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
बाजुराको कला संस्कृतिको जगेर्ना, पर्यटन प्रर्वद्धन गर्नका लागि बडिमालिका साँस्कृतिक कला केन्द्र मार्तडी बाजुराको आयोजना र ब्राण्डरुट ईन्टरप्राइजज प्रा.लि. तथा वान.वे फिल्मस प्रा.लि. काठमाण्डौंको सह–आयोजनामा यही फागनु २३, २४ र २५ गते सदरमुकाम मार्तडीमा प्रथम बडिमालिका साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा नेपालकै चर्चित कलाकारहरु गायक टंक बुढाथोकी, दुर्गेश थापा, मेक्सम खाती, गोपाल नेपाल जि.एम., टंक तिमिल्सेना, प्रमोद डिजी, अशोक दर्जी, ए.आर बुढाथोकी, मधुसुधन डाँगी, सुनिल बिसी, गायिका अमृता लामिछाने, मोडल पुजन घिमिरे, देव गुुरुङ्ग, बिनुु शाक्यका साथै स्थानीय कलाकारहरु प्रकाश थापा, नरबहादुर विश्वकर्मा डान्सर राजेश पायल (बि.क.) र निशान्त रोकाया लगायतको साँस्कृतिक प्रस्तुती लगायत साँस्कृतिक झाँकीहरु कार्यक्रममा प्रस्तुत गरिने बडिमालिका साँस्कृतिक कला केन्द्रका अध्यक्ष धनबहादुर बि.क.ले बताए ।
कार्यक्रमको व्यवस्थापनका लागि बिभिन्न उप–समिति गठन
सदरमुकाम मार्तडीमा यही फागुन २३, २४ र २५ गते हुन लागेको प्रथम बडीमालिका साँस्कृतिक महोत्सबकोे व्यवस्थापनका लागि बिभिन्न उप–समिति गठन गरिएका छन् ।
साँस्कृतिक कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि विभिन्न उप–समितिहरु गठन गरिएका छन । जसमा प्रचार प्रसार उप–समिति संयोजकमा मदन बि.क.को नेतृत्वमा निशान्त रोकाया, राजेश पायल (बि.क.) सहित १० जनाको प्रचार प्रसार टोली जिल्ला भरी परिचालन हुने भएको छ ।
त्यस्तै कार्यक्रम स्थल व्यवस्थापनका लागि नरबहादुर विश्वकर्माको नेतृत्वमा उप–समिति गठन गरिएको छ । त्यस्तै कार्यक्रमको समन्वयका लागि उप–समितिमा धनबहादुर बि.क.को नेतृत्वमा १० जनाका टोली परिचालन गरिने महोत्सवका कार्यक्रम संयोजक तपेश जोनले बताए ।
गठन भएका विभिन्न उप–समितिहरुले बिहिबारबाट महोत्सवको तयारीका लागि ब्यानर ,पोस्टर, होडिङ्गबोर्ड,प्रबेशद्वार लगायत स्थानीय रेडियोहरुमा प्रचार प्रसारकालाई तिब्रता दिदैँ स्टेज निर्माण,साउण्ड सर्भिस लगायतको काम गर्ने तयारी भएको आयोजकले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया