सुन्दर सुदूरपश्चिम महोत्सवमा रविको स्वागत
धनगढी, २९ पुस । नेपाल आईडल रवि वडको धनगढीमा आयोजित सुन्दर सुदूरपश्चिम महोत्सवमा भब्य स्वागत गरिएको छ ।

नेपाल आईडल सिजन टु जितेपछि रवि वड धनगढीको सार्वजनिकमा पहिलो पटक पुगेका थिए । उनलाई धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वडले खादा, फुलमाला लगाएर स्वागत गरेका हुन । नगरप्रमुख र महोत्सव आयोजकको अनुरोध गरेपछि रवि सार्वजनिक कार्यक्रममा उपस्थीत भएका हुन ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले रवि यस प्रदेशकै सान भएको बताए । उनले भने, यहाँको भाषा संस्कृती बचाउन र प्रचारप्रशार गर्नमा रविले कन्ज्यूसाई गर्नु हुदैन र गदैनन् पनि । रवि वडले नेपाल आईडल बनाउन सहयोग गर्ने सबै प्रति आभार प्रकट गरे । उनले भने, यो मेरो जित होईन तपाईहरुको हो ।
रविले नेपाल आईडलको आयोजक संस्थाको अनुमती बिना आफुले सार्वजनिक कार्यक्रममा गित गाउन नपाउने बताए । उनले भने, मैले अनुशासनमा रहनुपर्छ त्यसैले मेरो फोटो भिडियो नखिचिदिनु होला । रवि आउने हल्लाले दर्शकहरु कुरेर बसेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया