गायक ठकुल्लाले बजारमा ल्याए छोटा छोटा लुगा
निराजन परियार धनगढी । अछाम जिल्ला साँफेवगर नगरपालिका वडा नम्बर ४ जन्मनुभएका लोक गायक हिक्मत ठकुल्लाले छोटा छोटा लुगा लोक गित बजारमा ल्याएका छन् ।

पछिल्लो समयमा लोकदोहोरी गितहरुमा आफ्नो पहिचान बनाउन लागि रहेका ठकुल्लाले बिभन्न गितहरुमा आवाज दिई सकेका छन् ।
सानै उमेर देखि गित संगितमा रुचि भएका गायक ठकुल्ला कलाकारिता क्षेत्रमा लागि रहने बताउछन् ।

पहिलो लोकदोहोरी गित मिठो तिम्रो बोली बजारमा लाएर आफ्नो गायन लाई अगाडी बढाएका छन् भने त्यसपछि यो कस्तो फेसन लगाएतका गितहरु आम दर्शक माझ ल्याई सकेका छन् । कलाकारिता क्षेत्रमा केही गर्ने योजनाका साथ यो क्षेत्रमा लागेको उनको भनाई छ ।
अहिले बजारमा आएको गित छोटा छोटा लुगामा गायक ठकुल्लालाई गायिका लक्ष्मी शाहीले साथ दिएकी छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया