चिल्ली उत्तरायणी पर्व देउडा नृत्यमा उपमेयर राना
धनबहादुर बिक, पुनर्वास । सुदूरपश्चिमका समुदाय ले मनाउने चिल्ली उत्तरायणी पर्वमा पुनर्वास नगरपालिका उप मेयर भुलीया कुमारी रानाले नृत्य गरेकि छिन ।

मंगलबार पुनर्वास नगरपालिका ९ हरियाली टोलमा रहेको श्री नवदुर्गा भवानी मन्दिर समितिले आयोजना गरेको चिल्ली उत्तरायणी पर्वको अवसरमा पुनर्वास नगरपालिका उप प्रमुख रानाले सहभागिता जनाउदै देउडामा नृत्य गरेकि हुन ।
माघि सक्रान्ति पर्व लगत्तै सुदूरपश्चिममा मनाईने चिल्ली उत्तरायणी पर्व मंगलबार पुनर्वास नगरपालिका ९ दुर्गा भवानी मन्दिर र त्रिभुवनबस्ति टाउन बजारमा समेत बृहत देउडा नृत्य कार्यक्रम को आयोजना गरिएको थियो । सो अवसरमा उप प्रमुख रानाले चिल्ली उत्तरायणी पर्व सफलताको शुभकामना व्यक्त गरेकि थिईन ।
हरेक बर्ष चिल्ली उत्तरायणी पर्वको अवसरमा गाउँमा सुख शान्ति र समृद्धि को कामना गर्दै सामुहिक देउडा कार्यक्रम को आयोजना गरिदै आएको दुर्गा भवानी मन्दिर समिति का अध्यक्ष तुलबहादुर बुढाले बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया