कैलालीको घोडाघोडीमा बुट्का बाबा सांस्कृतिक महोत्सव हुने
कैलाली: कैलालीको घोडाघोडीमा बुट्का बाबा सांस्कृतिक महोत्सव हुने भएको छ। बुटका बाबा मन्दिर व्यवस्थापन समितिको सहकार्य, घोडाघोडी तथा सांस्कृतिक संरक्षण समाज, घोडाघोडी नगर भल्मन्सा समिति र नगर युवा सञ्जालको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो।
घोडाघोडी नगरपालिका–७ कृतिपुरमा माघी पर्वको अवसरमा सोमबार पत्रकार सम्मेलन गर्दे पुस ३० देखी माघ ५ गते सम्म बुट्का बाबा सांस्कृतिक महोत्सव संचालन हुने महोत्सव मूल समितिका संयोजक चन्द्रु कुमार चौधरीले बताए। थारु भाषामा रुखको जरालाई ‘बुट्का’ भनिने र भगवान् शिवले ध्यान गरेको हुनाले सो धार्मिक स्थलको नाम बुट्का बाबा रहन गएको स्थानीयको भनाइ छ।
गाउँको बिचमा रहेको उक्त तीर्थस्थलमा टाढाबाट समेत व्यापारका लागि व्यापारीहरू आउने गर्छन्। थारु समुदायको भाषा, कला, संस्कृतिको जगेर्ना र बुटका बाबा संरक्षण तथा प्रवर्धन गर्नको लागि महोत्सवको आयोजना गरिएको उनले चौधरीले बताए। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया