सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढीमा भोलिबाट तीन दिन भुवा पर्व मनाइदै

धनगढीः बाजुरेली सेवा समाजले भोलि (शुक्रबार)देखि तीन दिनसम्म धनगढीमा भुवा पर्व मनाउने भएको छ। बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै धनगढीको  खुलामञ्चमा तीन दिनसम्म भुवा पर्व मनाउने बाजुरेली सेवा समाजले जनाएको हो।

 

धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक एकताको महत्त्व बोकेको भुवा पर्व परापूर्व कालदेखि सुदूरपश्चिमका पहाडी जिल्ला, बाजुरा, बझाङ, अछाम, डोटीसहित कैलाली र कञ्चनपुरमा मनाइन्छ।

भोलि बिहान धनगढी खुलामञ्चमा सुरु हुने भुवा पर्व र भुवा नाचको उद्घाटन प्रदेश प्रमुख देवराज जोशीले गर्ने बाजुरेली सेवा समाजले जनाएको छ।

के हो भुवा पर्व?

 

भुवा पर्व हरेक वर्ष पुस औंसीदेखि पुर्णिमासम्म मनाइने पर्व हो। भुवा पर्वको आकर्षण भनेको भुवा नाच हो। भुवा पर्वमा खेलिने भुवा नाचमा पुरुषहरूले हातमा ढाल र तरबार लिएर बाजाको साथमा तरबार घुमाउदै नाच्ने गर्दछ्न्।

 

भुवा पर्वमा खेलिने भुवा नाचको सुरुवात ५ हजार वर्ष अगाडि  भएको मान्यता छ। महाभारत युद्धमा पाण्डव पक्षको विजयोत्सवका रुपमा भुवा नाच देखाउन थालिएको जनविश्वास गरिने बाजुरेली सेवा समाजका संरक्षक कुलबहादुर हमालले बताए। ‘महाभारतको  युद्धको तयारीको रुपमा तरबारबाजी सिक्ने र सिकाउने कौशलका रुपमा भुवा नाचलाई लिने गरिन्छ’ उनले भने, ‘महाभारतको युद्धमा पाण्डवहरूको विजयपछि राजा युधिष्ठिरको राज्याभिषेक उत्सवको रुपमा भुवा नाच खेल्न थालेको विश्वास गरिन्छ।’

भुवा पर्व र भुवा नाचलाई व्यक्तिमा वीरता र पराक्रम जगाउने अवसरको रुपमा बुझ्नुपर्ने समाजका सचीव रामचन्द्र जोशीले बताए। ‘वीरता, पराक्रम र भाइचाराको सम्बन्ध विकास र विस्तार गर्न भुवा पर्व मनाइने गरिन्छ,’ उनले भने, ‘भुवा नाचको महत्त्व उजागर गर्न र पर्वको संरक्षण गर्न  धनगढीमा पनि  भुवा पर्व मनाउन थालिएको हो।’

बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका विभिन्न  जिल्लामा भुवा नाच खेल्ने गरिएको छ। भुवा नाचमा दुबो र अबिर लगाएर सबै मनमुटाव बिर्सेर एकतावद्ध हुँदै तरबार र ढाल घुमाउँदै घरघरमा गएर भुवा नाच देखाउने प्रचलन छ।

शुक्रबार बिहान ८ बजे धनगढी खुलामञ्चमा मुढा बालेर औपचारिक रुपमा भुवा पर्वको सुरुवात गरिने कार्यक्रम रहेको बाजुरेली सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले बताए। पहाडमा गाउँका मुख्य मान्छे रजबार, मुखिया र जिम्वालको घरबाट भुवा नाच सुरु गर्ने प्रचलन भए पनि धनगढीमा भने खुलामञ्चमा प्रदेश प्रमुखको उपस्थितिमा भुवा नाच सुरू हुनेछ। ‘गाउँमा रजवार, मुखिया र जिम्वालको घरबाट भुवा नाच सुरु गर्ने परम्परा रहेको छ,’ उनले भने, ‘भुवा पर्वको अवसर पारेर खुलामञ्चमा भुवा नाच, भस्सो  गीत गाउने र नाच्ने गरिन्छ तयारी गरेका छौँ।’

भुवामा गाइने गीतलाई ‘भस्व’ भनिन्छ भने फाग पनि गाइन्छ। बिहानै मुढा जलाउनुलाई ‘खाँडो’ जगाउनु भन्ने गरिन्छ। भुवा नाचमा विभिन्न मुखुण्डो लगाएर पनि नाच्ने गरिन्छ। पहाडी क्षेत्रमा १५ दिनसम्म भुवा खेल्ने प्रचलन भए पनि धनगढीमा भने  तीन दिनसम्म भुवा नाच खेल्ने  आयोजकले बताएका छन्। पहाडी क्षेत्रमा भुवाका लागि एका बिहानै मानिसहरू राँको बालेर मानिसहरू भुवा नाच्ने ठाउँमा पुग्ने परम्परा छ।

भुवा पर्वमा प्रदेशभर सार्वजनिक विदा दिनुपर्ने माग
भुवा पर्वमा प्रदेश सरकारले सुदूरपश्चिमका सबै जिल्लामा सरकारी विदा दिनुपर्ने माग गरिएको छ। प्रदेश सरकारले बझाङ, अछाम र बाजुरा जिल्लामा मात्रै सार्वजनिक विदा दिएको तर कैलाली र कञ्चनपुरमा पनि भुवा पर्व मनाइने भएकाले भुवा पर्वको विदा प्रदेशभर दिन माग गरिएको छ। िदनेश खबरबाट

 

  • ८ पुष २०७९, शुक्रबार ०५:५१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    सुदूरपश्चिमका चलचित्रकर्मी संगठित, सरस्वती खड्काको अध्यक्षतामा सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन
    ड्रेस टु इम्प्रेसु फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न
    फिल्मको सेटमा दुर्व्यवहार भएको काजल कर्णको दाबी, घटनाको निष्पक्ष छानबिन गर्न उषा रजकको आग्रह

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU