नेपालीको क्षेत्रीय सम्मेलनमा, धनगढीका नगरप्रमुख वड सम्मानीत
धनगढी ७ फागुन । नेपाली कांग्रेस कैलाली क्षेत्र नं ४ को तेश्रो क्षेत्रीय सम्मेलन मंगलबार अत्तरियामा सम्पन्न भएको छ ।

सम्मेलनको नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले उद्घाटन गरेका थिए । सम्मेलनमा बोल्दै जिल्ला पार्टी सभापती शाहले अहिलेको अबस्थामा सबै नेता कार्यकर्ताहरुले एक ढिक्का हुनुपर्ने बताए । नेपाली कांग्रेस कैलालीले जिल्लामै अहिले सम्मको बृहत प्रशिक्षण चलाउने काम सम्पन्न गरिसकेको छ पार्टी सभापती शाहले भने,यसले नेता कार्यकर्ताहरुमा उत्साह थपिएको छ ।
कम्यूनिष्टहरुको सरकारले गरेका असम्बैधानीक गतिविधीहरुको भष्डाफोर गर्न पनि नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने,सरकारकै संरक्षणमा गलत गतिविधी भैरहेका छन् त्यसको आ आफुनो ठाउँबाट प्रतिवाद गर्न म आग्रह गर्दछु ।
नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारीले दुई कम्यूनिष्ट पार्टीहरु एक भएको बेलामा नेपाली कांग्रेस समग्र रुपमा संगठित हुनुपर्ने बताए । उनले भने,अहिले पनि पठा सिकेनौ भने हामीले कहिले सिक्ने । नेपाली कांग्रेसका पूर्व सभापती दिर्घ सिंह भाटले बर्तमान सरकार दुई तिहाईको दम्भमा ज्यादती गरिरहेको बताए । नेपाली कांग्रेसका नेता हिरादत्त भट्टले बर्तमान सरकार लोकतन्त्रको मुल्य मान्यता भन्दा बाहिर गएर काम गरिरहेको बताए । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले नेपाली कांग्रेसले नेतृत्व गरेका स्थानीयतहमा कम्यूनिष्ट नेतृत्वको स्थानीयतह भन्दा कर थोरै लगाईएको बताए । सम्मेलनको सभापतीत्व नेपाली कांग्रेस कैलाली क्षेत्र नं ४ का सभापती दिनेश जोशीले गरेका थिए ।
धनगढीका नगरप्रमुख वड सम्मानीत
नेपाली कांग्रेस कैलाली क्षेत्र नं ४ को तेश्रो क्षेत्रीय सम्मेलनमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई सम्मानीत गरिएको छ ।
देशका सबै नगरपालिकाहरु मध्य धनगढी उप–महानगरपालिका उत्कष्ठ बनाउन सफल भएको भन्दै धनगढी नगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सम्मान गरिएको क्षेत्रीय सभापती दिनेश जोशीले बताए । धनगढी उप–महानगरपालिले नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको थियो ।
नगरविकास कोषले आफ्नो ३१ औं बार्षिकोत्सव कार्यक्रममा धनगढी उप–महानगरपालिकालाई सम्मान समेत गरेको थियो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले फागुन २ गते नगर विकास कोषको बार्षिकोत्सव कार्यक्रममा सम्मानपत्र ग्रहण गरेका थिए । शहरी विकास मन्त्री महम्मद इश्तियाक राईले प्रमाणपत्र प्रदान गरेका थिए ।
फोटो क्याप्सन ः नेपाली कांग्रेस कैलाली क्षेत्र नं ४ को तेश्रो क्षेत्रीय सम्मेलनमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई सम्मान गरिदै ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया