सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मोहना पुल निर्माणमा गति दिन निर्देशन

धनगढी ३० भाद्र । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले राजघाट–मोहना नदीमा निर्माणाधिन पुलको निर्माण कार्यलाई गतिदिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । धनगढी उपमहानगरपालिका ३ चटकपुरस्थित राजघाट मोहना नदीमा निर्माणाधिन रैकवार बिचवा जोड्ने पुलको निरीक्षण गरी मुख्यमन्त्री भट्टले ठेकेदार चन्द्रशेखर मल्ललाई कडा निर्देशन गरेका हुन ।

मुख्यमन्त्री भट्टको भनाईमा बाजेको पालादेखी सुरु गरिएको योजना नातीका पालामा पनि सम्पन्न नहुने परम्पराको अब यो प्रदेशमा अन्त्य गरिने छ । ‘जनतालाई सेवा दिने काममा कसैले बहाना गर्नु हुदैन भन्दै केन्द्र सरकारको योजना भएपनि योजना अनुसारको रकम ल्याउन प्रदेश सरकारले पहल गर्ने मुख्यमन्त्रीले भने । प्राविधिक कर्मचारीले प्राविधिक सहयोग गर्ने र ठेकेदार कम्पनीले समयमै निर्माण कार्य पूरा गर्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री भट्टले डिभिजन सडक कार्यालय कंचनपुरका इन्जिनियर महेन्द्रराज पन्तलाई सो पुलको निर्माण कार्य चाडो सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न पनि निर्देशन दिए ।

२०७१ असार ३१ गते सम्झौता भई ३ वर्षमा सक्ने गरी करिब १० करोडको लागतमा सो पुलको निर्माण सुरु गरिएको थियो । पटकपटक म्याद थप गरिए पनि ठेकेदारको लापरवाहीका कारण निर्माण ठप्प भएको र जनताले बर्सेनि सास्ती खेप्नु परेको स्थानीयले गुनासो गरेपछि मूख्यमन्त्री भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दा र जनप्रतिनिधिसंग छलफल गरेका थिए ।

लाईट एड्भेन्चर कम्पनीद्वारा निर्माण कार्य सुरु गरिएको उक्त निर्माणाधिन पुल सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि अझै निर्माण कार्य पूरा हुन सकेको छैन् । २०७५ जेठ १५ गते सक्ने गरी प्रथम पटक सम्झौता भएपनि सो अवधिमा निर्माण कार्य सम्पन्न नभएपछि दोस्रो पटक म्याद थपका लागि निर्माण कम्पनीले निवेदन दिएको डिभिजन सडक कार्यालय कंचनपुरका इञ्जिनीयर पन्तले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनी सम्बद्ध ठेकेदारले आगामी २०७६ असार ३० गते निर्माण सक्ने गरी म्याद थपको निवेदन दिए अनुसार म्याद थपको फाइल अगाडि बढाइएको छ ।

करिब १० करोडको लागतमा निर्माण गर्नका लागि डिभिजन सडक कार्यालय महेन्द्रनगरले गरेको टेन्डरमा लाईट एड्भेन्चर कम्पनीले साढे सात करोडको कबुल ठेक्का पाएको थियो ।

  • ३० भाद्र २०७५, शनिबार ०४:३७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU