थारु समुदायको अटवारी पर्वको अवसरमा भदौ ३१ गते सार्वजनिक विदा
धनगढी, २९ भदौ । प्रदेश नम्बर ७ प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा भदौ ३१ गते प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । यसअघि, अटवारी पर्वको सार्वजनिक विदा दिइनु पर्ने माग गर्दै थारु समुदाय सम्बद्ध संघ संस्थाले केहि दिन अगाडि प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

भदौ ३१ गते पर्न गएको अट्वारी पर्वमा एक दिन सार्वजनिक विदाको माग गर्दै प्रदेश नं। ७ का आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहमार्फत मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका थिए ।
कैलाली जिल्ला क्रियाशिल थारु कल्याणकारिणी सभा ९थाकस०, थारु नागरिक समाज, थारु विद्यार्थी समाज, थारु पत्रकार संघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०, मुक्तकमैया समाज, कमैया प्रथा उन्मुलन समाज, मुक्तकमैया महिला विकास मञ्च, मुक्तकमलरी विकास मञ्च, ब्याक वार्ड सोसाइटी एजुकेसन बोर्ड ९बेस०लगायत संघ संस्थाहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए ।
भदौ शुक्ल पक्षको पहिलो आइतवार अर्थात भदौ ३१ गते पर्न गएको अट्वारी र पुस अन्तिम दिन र माघ १ गते गरी दुई दिन माघी पर्वमा सार्वजनिक विदाको माग राख्दै ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझाउन पुगेका टोलीलाई मन्त्री शाहले सार्वजनिक विदाप्रति आफु सकारात्मक रहेको बताएका थिए । मन्त्री परिषद बैठकमा विदावारे आफै प्रस्ताव लग्ने बताउँदै उनले विदावारे ढ्रुक्क रहन समेत प्रतिवद्धता जाहेर गरेका थिए ।
परापूर्वकालदेखि मनाउँदै आएको अटवारी थारु समुदायको मौलिक पर्व हो । यो पर्व दुई दिनसम्म मनाइने गरेको जनाइएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया