धनगढी नगरको घरबहाल करका बिषयमा छलफल "घर बहाल करको बिकल्पका बारे छलफल "
धनगढी,२८ भदौं । धनगढी उप–महानगरपालीकाले घरबहाल कर उठाउने कार्यलाई कसरी ब्यबस्थीत गरेर लैजाने भन्ने बिषयमा सरोकारवालाहरु संग बिहीबार छलफल गरेको छ । छलफलमा धनगढी उप–महानगरपालीका क्षेत्रका घरधनीहरु, नागरिक समाजका प्रतिनिधी, प्रध्यापक,ब्यापारी,बुद्धिजिवीहरु समेतको सहभागिता रहेको थियो । सहभागिहरुले घर बहाल कर तिर्न आफुहरु तयार रहेको बताए । कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा.हेमराज पन्तले कर तिर्नु कुनैपनि नागरिकको दायित्व भित्र पर्ने भएपनि यसका बिषयमा चेतना फैलाउन आवश्यक भएको बताए । उनले घर बहालकर उठाउनका लागि पद्धतीको विकास गर्नुपर्ने सुझाव दिए ।
घरबहालकर कसरी सहजरुपमा लिन सकिन्छ भन्ने बिभिन्न बिकल्पहरुका बारेका छलफल भएको धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले बताए । उनले भने,‘हामी नगरवासीलाई रहरले कर तिर्ने बनाउन चाहन्छौं । धनगढी उप–महानगरपालीकाले घर बहाल कर न्यून मात्रै उठाउन सकिरहेको छ ।
धनगढी उप–महानगरपालीकाका उप–प्रमुख सुशिला मिश्रा भट्टले कर तिर्ने बानिको विकास गर्नका लागि नागरिक शिक्षा दिनु आवश्यक भएको बताईन । उनले भनिन्‘विकासित देशमा बढी कर तिर्ने नागरिकलाई राज्यले सम्मान समेत गर्ने गर्दछ । घरबहाल करका बिषयमा घर धनी र नगरवासीसंग छलफल गरेर अगाडी बढ्ने सहमती समेत भएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया