बलात्कृत अभियुक्त पक्राउ
कञ्चनपुर १८ भाद्र । कंञ्चनपुरको बेलडाँडी गाउँपालिका –१ की अन्दाजी १६ बर्षीया किशारमाथि विहिवार राति सामुहिक बलात्कार भएको थियो । विहिवार किशोरीको घरमा पूजा थियो ।
पूजाकै विचमा उनकै चिनजानको युवकले सडकमा बोलाएको र त्यसपछि ४ जना को समूहले ति किशोरलाई बलजबरजस्ती मोटरसाइकलमा राखेर जबदिया भन्ने गाँउ लगेर सामुहिक रुपमा बलात्कार गरेका थिए । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आईतबार थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कंञ्चनपुरका अनुसार शनिवार पक्राउ परेका सोही ठाँउका मानबहादुर विष्टलाई हिरासतमा राखेर अनुसन्धान भईरेको छ र आईतबार थप एक अभियुक्त पक्राउ परेका छन् ।
आईतबार पक्राउ पर्नेमा सोही ठाँउका जनक खड्का रहेका छन् । पक्राउ परेका खड्कालाई हिरासतमा राखी .अनुसन्धानको कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक कृष्ण ओझोले बताए ।
विहिबार राती किशोरीको घरमा पूजापाठ भईरहेको बेला मोटरसाईकलमा आएका खड्काले उनलाई सडकमा बोलाई लगेका थिए । शुक्रवार किशोरीलाई जबदिया भन्ने ठाँउबाट प्रहरीले उद्धार गरेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया