कैलालीका महिला कैदीबन्दीका लागि ब्यूटीपार्लर तालिम "२४ जना कैदीवन्दी सहभागि "

धनगढी । जिल्ला कारागार शाखा कैलालीका महिला कैदीवन्दीका लागि सोमबार देखि ब्यूटीपार्लर तालिम सुरु गरिएको छ । धनगढी उप–महानगरपालिकाको सहयोगमा सुनौलो भबिष्य नेपालले ३ महिने ब्यूटीपार्लर तालिम सुरु गरेको हो ।
तालिमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले औपचारिक उद्घाटन गरेका हुन । उद्घाटनमा बोल्दै नगरप्रमुख वडले कानुन हातमा लिएका कारण कुनैपनि ब्यक्तिले सजाय भोग्नु पर्ने अवस्था आउने बताए । यहाँबाट निस्केपछि समाजमा असल काम गरेर देखाउनु होस नगरप्रमुख वडले भने,त्यसका लागि नै उप–महानगरपालिकाले ब्यूटीपार्लर तालिमको आयोजना गरेको हो ।
नगरप्रमुख वडले बेरोजगारी र अभावका कारण समेत अपराध बढीरहेको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले यस ब्यूटीपार्लर तालिमलाई अवसरको रुपमा लिन कैदीबन्दीहरुलाई आग्रह गरे । तपाईहरु तालिममा राम्रो संग सिप सिक्नु होस प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने,‘यसले तपाईलाई आत्मनिर्भर बनाउँछ ।
सुनौलो भबिष्य नेपालका अध्यक्ष तुलसी देबकोटाले तालिममा बढी भन्दा बढी समय दिन सहभागिहरु संग आग्रह गरिन । देवकोटाका अनुसार तालिममा जिल्ला कारागार शाखा कैलालीमा रहेका २४ जना कैदीवन्दी सहभागि रहेका छन् । ३४ जना महिला कैदीवन्दी रहेकोमा १० जनाको जेलको म्याद छोटो भएकाले सहभागि गराउन नसकिएको बताईन ।
फोटो क्याप्सन ःब्यूटीपार्लर तालिमका लागि जिल्ला कारागार शाखा कैलालीका महिला कैदीवन्दी ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया