सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जातीय विभेद अन्त्यका लागि सबैधानिक तथा कानुनी प्रावधान प्रभावकारी कार्यान्वयनमा जोड

धनगढी । प्रकारका जातीय छुवाछुत तथा भेदभाव विरुद्ध प्रतिरोध गरौँ,सामाजिक न्याय सहितको समृद्ध र समावेशी नेपाल निर्माण गरौँ भन्ने मूल नाराका साथ ५४ औँ अन्तराष्टिय रंगभेद तथा जातीय भेदभाव विरुद्धको दिवसको सन्दर्भमा जातीय विभेदको वर्तमान अवस्था,सबैधानिक तथा कानुनी प्रावधान र कार्यान्वयनमा चुनौती विषयक अन्र्तक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।


जिल्ला प्रशासन कार्यालय,कैलालीको आयोजना र जिल्ला स्थित दलितअधिकारको क्षेत्रमा क्रियाशिल संघसस्थाहरुको सहकार्यमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथी नेकपाका नेता एवं संघीय सांसद लेखराज भट्टले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रममा नेता भट्टले नेपाली लोकतान्त्रिक आन्दोलनको मूल्य र मान्यताद्वारा निर्दिष्ट सिद्धान्त अनुसार मुलुकमा सदियौंदेखि विद्यमान जातीय, भाषिक, सांस्कृतिक, सामाजिक, क्षेत्रीय, लैङ्गीक, वर्गीय विभेदको अन्त्य नहुुनु सबैका लागि लज्जास्पद र चुनौतीको विषय भएको बताउनु भयो । उहाँले विभेदकारी सोच र सामाजिक संरचना रहे सम्म संघीय लोकतान्त्रिक गणतन्त्र पनि सस्थागत हुन नसक्ने भएकाले दलित समुदायको मानवअधिकार, सामाजिक न्याय,सुरक्षा,समृद्ध, र समावेशी नेपाल निर्माण का लागि संवैधानिक तथा कानुनी रुपमै दलित समुदायलाई विशेषअधिकार दिनुपर्ने बताउनु भयो ।


कार्यक्रमका विशष्टि अतिथी पूर्व सासद हरि श्रीपाईलीले विगत ७० वर्षको दलित आन्दोलनले दर्जनौं चुनौतिका बावजूद केही उपलब्धी हासिल गरेता पनि जातीय छुवाछुत विभेदका कारण दलित समुदायले अहिले पनि विभिन्न उत्पीडन र यातना सहनु परेको बताए । उनले सामाजिक असुरक्षाका कारण कैयौँ दलितहरु विस्थापित हुनुपर्ने वाध्यता रहेको बताए । उनले दलित समुदायको मानवअधिकार, सामाजिक न्याय, सुरक्षा, समृद्ध र समावेशी नेपाल निर्माणमा राज्य गम्भीर बन्नुपर्ने बताए ।


कार्यक्रममा प्रदेश सासद अर्चना गहतराज,नेपाल दलित संघका केन्दीय उपाध्यक्ष छत्र वहादुर टेलर,एडजस नेपालकी अध्यक्ष चित्रा पनेरु,अधिवक्ता जानकी तुलाधर,दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली,पत्रकार मिलन परियार लगायतकाले जातीय विभेद अन्त्य र दलितअधिकारका लागि संवैधानिक तथा कानुनी प्रावधानहरु प्रभावकारी कर्यान्वयनमा जोड दिएका थिए ।
कार्यक्रम नेपाल राष्टिय दलित समाज कल्याण संघका अध्यक्ष चक्र विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • १० चैत्र २०७५, आईतवार ०४:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU