रङ्गकाे अभावमा चर्किएका भित्ताहरु रङ्गयाउन रङ्गीन विद्यालय अभियान

जगतदल जनाला बिक, सुर्खेत । पछिल्लो समय होली पर्व मनाउने क्रममा विभिन्न बिकृती बिसङ्गतीहरु आउने गरेको सुन र देख्न्न पाइन्छ। तर सुर्खेतका युवा अभियान्ताहरुले सुन्दर अनुहारमा घातक रंगहरू पोतेर नराम्रो बनाउनु भन्दा रंगको अभावमा चर्किएका विद्यालयका भित्ताहरू रंगाएर नयां पुस्ताको स्वाभिमान झल्काउने उद्देश्यका साथ शहिद स्मारक प्राथमीक विद्यालय पञ्चपुरी( ४बावियाचौर ९डाब० मा होलि सुधार अभियान कार्यक्रम अन्तरगत बुधबार रङ्गरोगन गरेका छन् ।
विभिन्न सहयोगीदाताहरुको सहयोगमा ६० हजारको लागतमा विद्यालयका भित्ताहरुमा राष्ट्रिय गान,नेपालको झन्डा ,राष्ट्रिय फुल लालिगुरांस लगायतका जनचेतनामूलक तस्बिरहरू कोरिएका छन् ।सबैले डिजे बजाउँदै आफ्ना र अरुका मुहार रङ्ग्याइरहेका बेला अभियान्ताहरुले विद्यालयको मुहार नै रङ्ग्याको प्रति आफु खुसी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पैलु बिकले बताए ।

होलीमा लाग्ने खर्च बचाएर अभियानताहरुले बिद्यालयमा रहेका भवन,मन्दिर,सौचालयहरुमा रङ्गरोगन गरेका छन् । आगामी वर्षमा रङ्गको अभावले कुरुप देखिएका भित्ताहरु रङ्ग्याउने अभियानका संयोजक कमल प्रसाद लामीछाने शर्माले बताए।पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र बहादुर थापाले राज्यले पनि हेर्न नसकेको पश्चिम क्षेत्रका विद्यालयमा युवा अभियान्ताहरुले यो कार्यक्रमले ल्याउंदा प्रदेशकै युवाहरुलाइ सिकाइको रुपमा लिने विश्वास व्यक्त गरे ।नगरपालिकाले पनि आगामी दिनमा यस्ता कार्यक्रमहरु ल्याउने प्रतिवद्दता व्यक्त गरे ।
अभियानलाई स्थानीय युवा अभियान्ता पदम खनालले निरन्तरता दिनमा सम्पूर्ण जनप्रतिनिधि ,बुद्धिजीवी ,र समाजसेवीलाइ आग्रह गरे ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया