सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

११० देशमा श्रम स्वीकृति, ८ देशसँग सम्झौता

काठमाडौं । सरकारले हालसम्म मलेसियासहित ८ रोजगार गन्तव्य मुलुकसँग सरकारीस्तरमा दोहोरो श्रम सम्झौता गरेको छ ।

सरकारले कानुनी रूपमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका हकमा (संस्थागत) १ सय १० वटा देश खुला गरेर श्रम स्वीकृति जारी गर्दै आएको छ । सरकारले यति धेरै देशमा कामदार आपूर्ति गदै आएपनि सन् २००५ देखि हालसम्म ८ मुलुकसँग मात्र दोहोरो श्रम सम्झौता गर्न सफल भएको छ ।

कतिपय मुख्य रोजगारदाता मुलुकसँग पनि सरकारले श्रम नवीकरण र श्रम सम्झौता नगरी कामदार रोजगारीमा आपूर्ति गदै आएको छ । १०२ देशमा श्रम सम्झौता नगरी नेपाली श्रमिक आपूर्ति गरिँदै छ ।

श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टी, रोजगारदाता मुलुकलाई उत्तरदायी बनाउन, रोजगारीमा जाने कामदारको रोजगार अधिकार र विमा स्वास्थ्यलगायतका विषयमा दुई देशबीचको श्रम सम्झौतालाई अनिवार्य गर्नुपर्छ । हालसम्म कतार, बहराइन, युएई, जोर्डन, दक्षिण कोरिया, जापान, इजरायल र मलेसिया गरी ८ मुलुकसँग दोहोरो श्रम सम्झौता गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो समय श्रममन्त्रालयको प्रथामिकताभित्र श्रमिक आपूर्ति गर्दै आएका देशसँग अनिवार्य श्रम सम्झौता नवीकरण र नयाँ श्रमसम्झौता गरेर मात्र नेपाली नागरिक रोजगारीमा पठाउने रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखका प्रमुख डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

जसअनुसार मन्त्रालयले प्रविधिक टोली नै बनाएर अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) मापदण्ड र नेपालले श्रमिक आपूर्ति गर्दा कानुन ऐनमा भएको व्यवस्थाको मापदन्डमा रही श्रम सम्झौता र श्रम नवीकरण गर्ने गरी छलफलसँग तयारी गरिरहेको सहसचिव डा घिमिरेले बताए । उनले भने, ‘श्रम सम्झौता नवीकरण र नयाँ श्रम सम्झौता गर्दा फ्रि भिसा फ्रि टिकटलाई प्रमुख प्राथमिकता भित्र पर्छ । यो भन्दा महत्वपुर्ण विषय स्वास्थ्य, श्रमिक आपूर्तिमा लाग्नेलागत खर्च, मानवअधिकार, श्रमिकको सुरक्षा र तलब सुविधालगायतका विषयलाईसमेत मन्त्रालयले प्राथामिकतामा राखिएको छ ।’

वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाका लागि श्रमिक लिने र दिनेबीच अनिवार्य श्रम सम्झौता आवश्यक पर्ने उनको भनाई छ ।

नयाँ श्रम गन्तव्य र श्रम सम्झौता भएका देशहरूसँग विगतका सम्झौतामा उल्लेख नभएका कामदारका कानुनी अधिकारलाई रक्षा र रोजगादाता देशलाई उत्तरदायित्व बनाउने गरी श्रमसम्झौताका लागि पहल गर्नुपर्ने देखिन्छ ।

सरकारले विभिन्न देशसँग श्रम सम्झौताको लागि पहल गरे पनि रोजगारदाताको सर्त, नेपाली कामदारको दक्षता र क्षमतालगायतका कारणले कतिपय देशले नेपालसँग श्रम सम्झौता गर्न इच्छा नदेखाउने गरेका छन् ।

श्रम सम्झौता भएका ८ देश

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा पछिल्लो समय मलेसियासँग गत कात्तिक १२ गते दोहोरो श्रमसमझादारीमा हस्ताक्षर गरेको छ । सन् २००५ मा कतारसँग श्रम सम्झौता गरेको थियो । अहिले कतारसँग नवीकरणका लागि छलफल भइरहेको छ । सन् २००७ मा दक्षिण कोरिया, युएईसँग २००७ मै अर्को श्रम सम्झौता गरेको श्रम मन्त्रालयले जानकारी दिएको छ । युएईसँग पनि श्रम नवीकरण हुदै छ ।

यस्तै, सन् २००८ मा बहराइन र जापानसँग श्रमिक आपूर्ति गर्ने सम्झौता भएको थियो । जापानसँग जिट्कोमार्फत कामदार लिन भनिएपनि कामदार आपूर्ति हुन सकेको थिए । २०१५ मा इजरायल, २०१७ जोर्डन र २०१८ मा मलेसियासँग श्रम सम्झौता गरिएको छ ।

सम्झौता भएका ३ देश जापान, इजरायल र मलेसियामा भने कामदार आपूर्ति भएको छैन । मलेसिया गत वर्षको जेठ महिनादेखि बन्द छ । श्रम सम्झौता भएका देशसँग ३ देखि ५ वर्षभित्र सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्था छ । तर, कतार, जापान र युएईसँग श्रम सम्र्झौता नवीकरण अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

सरकारले पछिल्लो समय श्रमिकलाई (एमओयु) माध्यमबाट मात्र वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्ने नीति लिएको श्रम मन्त्रालयले जानकारी दिएको छ । जसअनुसार श्रमिक आपूर्ति गर्न माग आएका सबै देशलाई श्रम सम्झौताका लागि आह्वान गरेको श्रम मन्त्रालयलले जनाएको छ ।

नेपालीका कामदारको मुख्य रोजगार गन्तव्य मुलुकभित्र कतार, मलेसिया, साउदी, ओमान, बहराइन, कुवेत, युएई र जोर्डन पर्छन । यी देश रोजगारीका लागि करिब ८० प्रतिशत युवा जाने गरेका सरकारी तंथ्याकमा उल्लेख छ । समाचार साभार ः खबरहब डटकम

  • २८ फाल्गुन २०७५, मंगलवार १३:०३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU