अन्तराष्ट्रिय महिला दिवशको अवसरमा अन्तरक्रिया
धनगढी । १०९ औं अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर धनगढी उप–महानगरपालिकाको न्यायीक समितिद्धारा बिहीबार जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
बढ्दै गएको महिला हिंसा न्यूनिकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा न्यायीक समितिका संयोजक सुशिला मिश्र भट्टले बताईन । न्यायीक समितिका संयोजक भट्टका अनुसार झण्डै ३ सय भन्दा बढी सहभागिहरुका बिच अन्तरक्रिया, बिवाह र जन्मदर्ता सम्वन्धी सन्देश दिने किसिमको नाटक तथा गितहरु प्रस्तुत गरिएको छ । विबाह दर्ता नभएका कारण वालबालिकाहरुको जन्मदर्तामा पनि समस्या भएको देखिन्छ न्यायीक समितिका संयोजक भट्टले भनिन्‘ विबाहदर्ता र जन्मदर्ता सम्वन्धी समस्या न्यायीक समितिमा आउने गरेका छन् ।”
महिला हिंसा सहेर नबसौँ ः उप–प्रमुख भट्ट
न्यायीक समितिका संयोजक भट्टले हिंसा सहेर बस्ने गरेका कारण महिला माथी बढी हिंसा भैरहेको बताईन । अन्तराष्ट्रिय महिला दिवशको अवसरमा धनगढीका कानुन ब्यावसायीहरु संग समेत घटनादर्ताका बिषयमा अन्तरक्रिया गरेको बताईन । कार्यक्रममा उप–महानगर क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधी,कार्यालयका कर्मचारी, विद्यार्थी, स्वंसेवक समुहहरुको उपस्थीति रहेको पनि भट्टले बताईन ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अहिले पनि महिलाहरुमा नेतृत्वको विकास हुन नसेको बताए । गएको स्थानीय निर्वाचनमा कतिपय वडामा लड्ने उम्मेदबार समेत पाउन मुस्कील भयो नगरप्रमुख वडले भने,नेतृत्व निर्माण हुने कुरो हो तयार गर्न सकिन्छ ।

कार्यक्रमा ब्यक्तिगत घटनादर्ताको महत्व र शान्ति समितिको भूमिकाका बारेमा सडक नाटक प्रस्तुत गरेको यूवा शान्ति परिषदका संयोजक प्रेम ढुंगानाले बताए । सडक नाटकको अभिनय यूवा स्वयंसेवकहरुले गरेका थिए । संयोजक ढुंगानाले समृद्ध र हिंसा मुक्त धनगढी निर्माणका लागि आफुहरु तयार रहेको बताए । अन्तरक्रिया कार्यक्रममा कानुन ब्यावसायी डा. जानकी तुलाधरले महिला हिंसाको अबस्थाका बारेमा प्रस्तुतीकरण गरेकी थिईन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया