लेखक बसन्तबहादुर बागचन्द सम्मानित (भिडियो सहित) "सुदुरपश्चिम साहित्य समाजव्दारा त्रिदिवसीय विविध साहित्यिक साँस्कृतिक कार्यक्रमको आयोजना "
धनगढी‚ १८ फागुन । सुदुरपश्चिम साहित्य समाजले भाषा‚ साहित्य‚ कला र सँस्कृतिका क्रियाशिल व्यक्तित्वहरुलाई आफ्नो स्थापनाको २५औँ वर्षमा प्रवेश गरेको अवसरमा त्रिदिवसीय विविध साहित्यिक साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । ३ दिनसम्म विविध कार्यक्रमको आयोजना गरिने कार्यक्रम रहेको आयोजकहरुले बताएका छन ।

रजत जयन्ती कार्यक्रमको आज शुभारम्भ भएको पनि आयोजकहरुले बताएका छन । सो अवसरमा आयोजित समारोहको पहिलो दिन श्रष्टाहरुलाई सम्मान तथा पुरस्कार समर्पण कार्यक्रमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले विमार्जन कितावका लेखक तथा गरिवी निवारण कोषका पुर्व सदस्य बसन्तबहादुर बागचन्दलाई लामो समय देखि लेखन क्षेत्रमा क्रियाशिल हुनु भएकोमा दोसल्ला ओढाएर सम्मान एवँम पुरस्कार प्रदान गर्नु भयो ।
‚
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया