बढैया तालमा पर्यटक आकर्षित गर्नकालागि सुनगाभा होटल सन्चालनमा आउँदै
बढैयाताल ७ फागुन÷ बर्दियाको बढैयाताल गाउँपालिकावडा नं.६ मैना पोखरमा १ करोड बढी लगानीमापहिलो सुविधा सम्पन्न सुनगाभा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस खोलिएको छ ।

सो प्यालेसले यही फागुनको अन्तिम देखि आफनो सेवा सुुविधा सन्चालनमा ल्याउने भएको छ ।
बढैयाताल एक पर्यटकीय क्षेत्र भएकोले यस ठाउँलाई आउने पर्यटकलाई ब्यवस्थित तथा आरामदायी बसोबासको लागि मध्यनजर गर्दै सो होटल सन्चालनमा ल्याइएको बढैयाताल गाउँपालिकावडा नं. १ निवासी प्रोपाइटर प्रकास केसीले बताए ।
हालनेपाल सरकारले भिजिट २०२० अभियान सन्चालन गरिरहेको छ । बढैयाताल पनि एक पर्यटकीय क्षेत्रमा सूचीकृत भएको छ ।
सुनगाभा रेष्टुरेन्ट एण्ड पार्टी प्याले समाएटेज कोठा, २ वटाएसी सभाहल,पार्टी प्यालेस, क्याबिन रेष्टुरेन्ट, सुुविधा सम्पन्न बासको ब्यवस्थार पार्किङ्गको सुुविधा समेत रहेको शिव सुुबेदीले जानकारी दिए ।

बढैयाताल गाउँपालिकामा रहेको बढैयाताल, सिमासार क्षेत्र, यहाँकाथारु संस्कृति तथा कलामा टेवापुग्ने सो प्यालेस सन्चालनमा आएपछि स्थानीय तहमा रोजगारका वातावरण सृजना हुुने साथै आन्तरिक तथा वाहय पर्यटकहरुलाई स्थानीयतहमा नै उचित बसोबासको ब्यवस्थामा सहज हुुने बढैयाताल उद्योग बाणिज्य संघकाअध्यक्ष बालकृष्ण लामिछाने बताउनुहुन्छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया