सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नगर शिक्षा ऐन चाडै कार्यान्वयनमा आउँछः नगरप्रमुख

धनगढी, ६ फागुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगरशिक्षा ऐन पास भैसकेकाले चाँडै  कार्यान्वयनमा ल्याईने बताएका छन् । सोमबार सिडलिङ्ग जोन मन्टेश्वरी स्कुलको छैठौं बार्षिकोत्सव कार्यक्रममा बोल्दै नगरप्रमुख वडले ऐनको कार्यान्वयनले शिक्षा क्षेत्रमा देखिएका अन्यौलता हटाउने बताए । निजी र सामुदायीक विद्यालयहरुको ब्यबस्थापनका लागि नगर शिक्षा ऐनको कार्यान्वयन महत्वपूर्ण रहेको बताए । नगरप्रमुख वडले सिडलिङ्ग जोन जस्ता मन्टेश्वरी विद्यालयबाट अन्य विद्यालयहरुले राम्रा अभ्यासहरु सिक्नुपर्ने बताए । सामुदायीक विद्यालय सरह निजी विद्यालयको नियमन समेत गरिने छ नगरप्रमुख वडले भने, निजी विद्यालयले गरेका राम्रा अभ्यासहरु सामुदायीक विद्यालयहरुले पनि सिक्न सक्दछन् । उनले आफुहरु निजी क्षेत्रबाट संचालन भएका विद्यालयलाई प्रोत्साहित गर्ने पक्षमा रहेको बताए ।

निजी र सामुदायीक विद्यालय एक अर्काका परिपुरक भएको बताउदै नगरप्रमुख वडले भने, निजी र सामुदायीक विद्यालयलाई एउटै नितीबाट संचालन गरिनुपर्छ । धनगढीले प्रदेशकै शिक्षा नितीलाई प्रभावित गर्न सक्ने बताउदै नगरप्रमुख वडले भने,‘त्यस कारण पनि हामीले सबै क्षेत्रको असल नेतृत्व लिन सक्नुपर्छ ।

विद्यालयले चाहेर मात्रै पनि पढाईको गुणस्तरमा सुधार आउन नसक्ने बताउदै  नगरप्रमुख वडले भने,‘ त्यसका लागि अभिभावक, विद्यार्थीको भूमिका पनि रहन्छ । सिडलिङ्ग जोन मन्टेश्वरी स्कुलका अध्यक्ष हरी रेग्मीले उप–महानगरपालिकाले चाहेमा आफुहरु साझेदारी गरेर अगाडी बढ्न तयार रहेको बताए । उनले भने,शुल्क तिर्न सक्ने विद्यार्थीबाट उठेको रकमले शुल्क तिर्न नसक्ने वालबालिकाहरुलाई पढाउन सकिन्छ । त्यसैगरी सोमबार नै धनगढीको हसनपुर स्थीत नन्दीनाज मन्टेश्वरी स्कुलको बार्षिकोत्सव कार्यक्रमको नगरप्रमुख वडले उद्घाटन गरेका छन् ।

 

  • ६ फाल्गुन २०७५, सोमबार १२:४८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU