सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रारम्भीक तहको पढाई सुधारका लागि बृहत पढाई उत्सव

धनगढी ५ फागुन । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत वृहत पढाई उत्सव कार्यक्रम सिद्धनाथ मावि धनगढी–१२ जुगेडामा सम्पन्न भएको छ ।


उक्त वृहत पढाई उत्सव पढाई प्रतियोगिता र पढाई शिविरको माध्यमवाट विद्यार्थीको प्रारम्भिक कक्षा पढाइ सिप विकासमा अभिरुचि पढाइमा प्रगति र प्रोत्साहन गरी प्रारम्भीक तहको पढाईमा सुधार ल्याउने उद्धेश्यले आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम वहादुर शाहीले बताउनु भयो ।

पढाई उत्सवको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी एवं धनगढी उपमहानगरपालिकाका नगर प्रमुख प्रमुख नृप वहादुर वडले उद्धघाटन गर्नुभएको थियो ।

नगर प्रमुख वडले पढाई उत्सवले अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवर्धन गर्न र नियमिति विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाइ उपलब्धि हासिल गर्न र विद्याथीै केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन गर्नका लागि महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।


उक्त अवसरमा प्रारम्भीक तहको पढाई सुदृढ गर्नमा योगदान पुर्याए वाफत प्रा्ररम्भीक तहका उत्कृष्ट अभिभावकहरु राम वहादुर रोकाया,संगीता सुनार,विष्णुराज चौधरीलाई नगर प्रमुख वडले सम्मान समेत गर्नुभएको थियो ।
त्यसै गरी प्रारम्भीक तहको पढाई प्रतियोगीतामा प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्याथीहरु लाई धनगढी उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष गणेश प्रसाद जोशी,विद्यालय व्यवस्थापन समितीका अध्यक्ष किसनसिह उपाध्याय,प्रारम्भीक कक्षा पढाई उपसमितीका संयोजक कर्ण वहादुर सिहले पुरस्कार वितरण गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक प्रेम वहादुर सिहले प्रारम्भीक तहको पढाईको अवस्था सहितको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा धनगढी उपमहानगरपालिका वाड नं १२ का अध्यक्ष गणेश प्रसाद जोशी,डा.रुपचन्द्र विक,वडा सदस्य विर्ष व.सिह,कार्यक्रमका अधिकृत राजेन्द्र रैका,पूर्व वडा अध्यक्ष लक्ष्मीराज चौलागाई,नेपाली काग्रेसका वडा सभापति प्रताप विष्ट,नेकपाका क्षेत्रीय सदस्य जय वहादुर रोकाया, प्रारम्भीक कक्षा पढाई उपसमितीका संयोजक कर्ण वहादुर सिह,लगायतकाले मन्तव्य राखेका थिए ।
शिक्षिका वागेश्वरी चटौतद्धारा स्वागत मन्तव्य राखिएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष किसनदेव उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन शिक्षक लोकेन्द्र सिह र तेजराज भट्टले गर्नुभएको थियो ।

  • ५ फाल्गुन २०७५, आईतवार ०४:४० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU