शिक्षक अभिभावक सम्मेलन सम्पन्न
धनगढी ३ फागुन । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत शिक्षक अभिभावक सम्मेलन नवदुर्गा आधारभूत विद्यालय धनगढी १२ जुगेडामा आज शुक्रवार सम्पन्न भएको छ ।

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत संम्पन्न उक्त कार्यक्रम अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवर्धन गर्न र नियमिति विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्याथीै केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक अभिभावक बिच र शिक्षक अभिभावक बिच नियमित छलफल गरी गुणस्तरीय शिक्षाको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको हो ।
सम्मेलनको धनगढी उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष गणेश प्रसाद जोशीले उद्धघाटन गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष जोशीले प्रारम्भीक तहका विद्यार्थीहरुको पठन सिप विकास र गुणस्तरीय शिक्षा प्रदान गर्नमा सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा धनगढी उपमहनगरपालिका वडा नं १२ का वडा सदस्य विर्ष वहादुर सिँह,केशर वहादुर विष्ट,शिक्षक अभिभावक संघका अध्यक्ष चमरु राना,कार्यक्रमका अधिकृत राजेन्द्र रैका,समाजसेवी सत्यराज स्नेही,सामुदायिक वनसमितीका अध्यक्ष चन्द्र विक,शिक्षिका सत्यदेवी स्नेही लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अभिभावकहरूसग आप्mना बालबालिकाको शिक्षामा सकारात्मक रूपमा अभ्यस्त हुन, अभिभावकहरूसँग नियमितरूपमा सञ्चार कायम राख्न, अभिभावकहरूलाई आफ्ना बालबालिकाको सिकाइ र शिक्षासम्बन्धी अपेक्षित लक्ष्यहरू हासिल गर्न र विद्यार्थीको विद्यालय समयभन्दा बाहिरको पढ्ने समय वृद्धि गर्नेतर्पm केन्द्रित गराउन वारेमा संवाद गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेक वहादुर कठायतको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन शिक्षिका शान्ति चन्द पालले गर्नुभएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया