सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिम प्रादेशिक महोत्सव’ दिपायलमा शुरु

दिपायलमा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’शुरु माघ २५ डोटी ‘कृषि, पर्यटन, उद्योग ब्यापारको पूर्वाधार, ७ नम्बर प्रदेशको विकासको मूल आधार’ भन्ने नाराका साथ दिपायलमा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’काे शुक्रबार उद्घाटन गरिएको छ ।

डोटी उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्वसब फागुनको ५ गते सम्म संचालन हुने बताइएको छ । महोत्सवको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रमुख अतिथी चण्डीराज ढकालले गरेका थिए ।

उद्घाटन समारोहमा शुभकामना दिने अधिकान्सा बक्ताहरुले दिपायलबाट राजधानी कैलाली सारिएको प्रति नेता तथा निर्वाचीत सांसदहरु माथि आक्रोस ब्यक्त गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी रहेका ढकालले भने राजधानी अन्यत्र सरेपनि दिपायललाई आर्थिक क्षेत्रका रुपमा स्थापना गर्न डोटीबासीलाई सुझाव दिएका थिए । उनले राजधानीले समृद्धि र बिकास ल्याउने भई आर्थिक कारोबार बढ्ने ‘हब’ बनाउदा बढी उपलब्धी मुलक रहने उदाहरणहरु प्रस्तुत गरेका थिए । ‘नेपालको राजधानी काठमाण्डौ छ, औधोगिक क्षेत्र बिरगञ्ज , बिराटनगर र हेटौडा छ, भारतमा राजधानी नयाँ दिल्ली छ तर औधोगिक क्षेत्र कलकत्ता र बम्बैलामा छ, अमेरिकामा वासिंटन डिसी राजधानी छ तर न्यूयोर्कमा औधोगिक क्षेत्र छ’, बिभिन्न देशका उदाहरण दिदै प्रमुख अतिथी ढकालले भने,‘दिपायललाई पर्यटक गन्तव्य, साना तथा मझौला उद्योगहरुको हब मात्र बनाउन सक्यौं भने ठुलो फड्को मार्न सकिन्छ ।’ देशभरी संजाल बनाई अन्र्तराष्ट्रिय स्तरमा समेत छबि बनाइसकेको उद्योग बाणिज्य संघको ६० बर्षिय इतिहासलाई एकपटक झुल्कीएर कुनै व्यक्ति संस्थाले प्रतिस्पर्धा गर्न नसक्ने उनको धारणा थियो । कार्यक्रमका बिशिष्ठ अतिथी रहेका शिखर नगरपालिकाका नगरप्रमुख सीताराम जोशीले दिपायलबाट राजधानी सर्नु दुखद रहेको बताए । उनले राजधानीको एजेण्डा अझै यथावत रहेको बताउदै अनुकुल परेकाले बेला डोटेलीले फर्काउन सक्ने बताए । उनले डोटीमा कोइलाखानी, सिमेन्ट कारखानाको सम्भावना रहेकोबारे निजी क्षेत्रका प्रतिनिधीहरुलाई जानकारी दिदै लगानीका लागि पहल गर्न अनुरोध गरे । कार्यक्रममा अतिथीका रुपमा रहेका नेकपाका जिल्ला अध्यक्ष चक्र मल्लले गलत व्यक्तिहरुलाई जनताले निर्वाचीत गरेका कारण राजधानी सरेको आरोप लगाए । उनले डोटीकै नेता क्याबिनेटमा रहदा राजधानी सर्दा पनि उनलाई प्रश्न गर्न नसकी फूलमाला पहि¥याउनु, प्रदेश सभामा निर्णय गर्दा डोटीका सांसदहरुले फरक मत राख्न नसक्दा पनि उनीहरुलाई जनताले जवाफ नमागि मौन रहनु दुर्भाग्यपूर्ण स्थिती रहेको बताए । ‘कोदो रोपेर बास्मती खान चाहन्छौं’, उनले ब्यंग्य गर्दै भने,‘ हामी सपना धेरै ठुला देख्ने तर निर्वाचनका बेला जातीगत, क्षेत्रगत, नातागत रुपमा बिभाजीत हुनु नै भुल हो ।’ नेपाली कांग्रेसका प्रतिनिधी जीत बहादुर खड्काले राजा दिलिपका पालादेखिको पबित्र भुमि दिपायललाई गरिएको अन्याय जनताले एकपटक अवश्य हिसाब किताब गर्ने बताए । उनले संघर्ष अझै जारी रहेको दाबी गरे । राप्रपाका बहादुर खड्काले भने ठुला दलहरुले राजधानी बेचेर तराई सारेको आरोप लगाए । डोटीमा आउने कुनै पनि सांसद मन्त्रीलाई सम्मान गर्न स्थान दिननहुने उनको तर्क थियो । कार्यक्रममा डोटी उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु बिरेन्द्र शाह र नरेन्द्र खड्काले पनि निजी क्षेत्रको भुमिका र राजधानीको प्रसङ्गलाई जोड दिएका थिए । अध्यक्ष शाहले राजनैतिक रुपमा बिभक्त नभई , सरकारको उन्मादमा नलागि काम गर्न निजी क्षेत्रको हकहितमा लागेका उद्योग बाणिज्य संघ र च्याम्बर अफ कमर्सलाई सुझाव दिए । कार्यक्रममा च्याम्बर अफ कमर्सका जिल्ला सहसचिव तेज डुम्रेलले उद्योग बाणिज्य संघले गरेका ऐतिहासिक कार्यको प्रशंसा गर्दै राजधानी सरेको दुखेसो ब्यक्त गरे । यद्यपी उनले उद्योग बाािण्ज्य संघले अझै रचनात्मक कार्य गर्न केही कुरा सिक्नु पर्ने बताएका थिए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बमले निजी क्षेत्र र सरकारको संयुक्त साझेदारीबाट मात्र बिकास सम्भव हुने बताए । उनले दुबै बिच नङ्गमासुको सम्बन्ध रहेकाले आगामी दिनमा साझा धारणा बनाएर अघि नबढे देश दुर्घटनामा पर्ने बताए । महोत्सवले सुदूरपश्चिम प्रदेशमा रहेका नौ वटै जिल्लाको विकास र समृद्धी हासिल गर्न मद्दत गर्ने पूर्बाधारहरुको प्रवद्र्धनमा काम गर्ने डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए ।

  • २५ माघ २०७५, शुक्रबार १६:०१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU