सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेकपाका ५ दर्जन महिला नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश

माघ २४, डोटी । नेपाल महिला संघ डोटीले आयोजना गरेको नगर स्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा ५ दर्जन महिला नेता तथा कार्यकर्ता  काँग्रेसमा प्रवेश गरेका छन् ।


प्रवेश गर्नेमा शिखर नगरपालिका ४ गरूणीका महिला वडा सदस्यका उम्मेद्वार डम्मरी बि।क।, शिखर नगरपालिका ८ तिलतालीकी वडा सदस्यकी उमेदवार विष्ना साउँद सहित बिहिबार ६० जना महिलाहरू काँग्रेसमा प्रवेश गरेका हुन् । वडा सदस्यका उमेद्वार द्वय संघियता पछिको पहिलो स्थानिय तहको निर्वाचनका उमेदवार हुन् ।


नेकपाको सरकार तथा नेता कार्यकर्ताहरू लोकतन्त्रबाट स्खलित भएको र उनीहरूमा नैतिक संकट आएकोले आफुहरूले नेकपा छोड्नु परेको वडा सदस्यकी उमेदवार साउँदले वताइन ।

यसै कार्यक्रम संगै नेपाली काँग्रेस डोटीले शिखर नगरपालिकाको पहिलो नगर सम्मेलनको पनि आयोजना गरेको छ । दुबै कार्यक्रमको संयूक्त रूपमा उद्घाटन गरिएको हो ।
नेपाली काँग्रेस क्षेत्र नं। १ का क्षेत्रीय सभापती तथा शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशीको सभापतीत्वमा उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपालि काँग्रेस डोटीका सभापती प्रदिप देउवा रहनु भएको थियो । कार्यक्रममा नेपाल महिला संघका केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाका उप प्रमुख शुशिला मिश्र बिशिष्ठ अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै काँग्रेस जिल्ला सभापती प्रदिप देउवाले नेकपाले जनताहरूलाई झुट्टा आश्वासन देखाएर छलकपट गरी दुइतिहाइ बनाएका कम्यूनिष्टहरुलाइ जनताले छोटो समयमै चिनेर सरकार प्रतिको विश्वास टुटाइ सकेको बताउँनु भयो ।

सभापती देउवाले हिजोका दिनमा हिन्दु संस्कारको बिरुद्धमा लागेका कम्यूनिष्टहरु आज क्रिस्चियन धर्मको दलाल भएको आरोप समेत लगाउँनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य शुशिला मिश्रले पार्टी तथा संगठनको काममा क्रियाशिल हुने तर कागजी रूपमा सक्रिय सदस्यता नलिने गरेकाले महिलाहरू पछि परेको बताउँदै काममा सक्रिय महिलाहरूले अनिवार्य सक्रिय सदस्यता लिन आग्रह गर्नुभयो । उहाँले काँग्रेसको गौरवमय इतिहास रहेको बताउँदै काँग्रेसले लडेर ल्याएको स्वतन्त्रताका कारण कम्यूनिष्टहरू अहिले यहाँसम्म पुगेको बताउँनु भयो ।
उद्घाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापती तथा शिखर नगरपालिका संयोजक सिताराम जोशीले नेपाली काँग्रेसलाइ बुझेर पार्टीमा आएका व्यक्तिहरूले लोकतन्त्र प्रती वफादार भै जनताको अधिकाका लागि लड्दै पार्टीलाई बलियो बनाउनेमा विश्वास ब्यक्त गर्नु भयो । उहाँले नगरपालिका भित्रका महिलाहरूको हकहितका लागि नगरपालिका सधै लागि पर्ने र महिलाको सर्वाङ्गिण विकास, नेतृत्व विकासका लागि पहल गर्ने बताउँनु भयो ।


जिल्ला स्थित नेपालि काँग्रेसका नेता, महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य विभिन्न भातृ तथा सुभेच्छुक संघ संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शिखर नगरपालिकाकी उप प्रमुख धोलीदेवी रावलले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेपालि काँग्रेसका जिल्ला सदस्य टिकाराम फुलाराले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि लाल बहादुर बिक, काँग्रेस नेता दिपक बहादुर शाही, काँग्रेस जिल्ला सदस्य जीत खड्का लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बिहिबार उद्घाटन गरिएको प्रशिक्षण कार्यक्रम दुइ दिन सम्म संचालन हुने नेपाल महिला संघ डोटी शाखाकी सभापती माया कुँवरले बताउनु भयो । दुइ दिन सम्म संचालन हुने उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य मिश्रले प्रशिक्षण दिनु हुनेछ ।

  • २४ माघ २०७५, बिहीबार १२:२५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU