सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

हरैयाका सुकुम्बासी कम्वल वितरण

धनगढी २३ माघ । गोदावरीको हरैयाबाट धनगढी उपमहानगरपालिका १७ धुरझन्ना सारिएका सुकुम्वासीहरुलाई मंगलबार कम्वल वितरण गरिएको छ ।


धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले संयुक्त रुपमा सुकुम्बासी परिवारलाई कम्वल वितरण गरेका हुन ।

नगरप्रमुख वडले सितलहरबाट बचाउनका लागि सुकुम्बासी परिवारमा कम्वल वितरण गरिएको बताए । लामो समय देखि हरैयामा बस्दै आएका सुकुम्वासीहरुलाई कस्ले कुन स्वार्थले सा¥यो थाहा छैन नगरप्रमुख वडले भने, आफ्नो नगर क्षेत्रमा सारिएकाले मानवियताका रुपमा हामी सहयोग गर्दै आएका छौं ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठका अनुसार सबै घर परिवारलाई दुई वटा कम्वल पुग्ने गरि १ सय २८ थान कम्वल वितरण गरिएको छ । केहि दिन भित्रै एक एक वटा डसना वितरण गर्ने गरि उप–महानगरपालिका संग समन्वय भैरहेको छ ।
लामो समयदेखि हरैयामा बस्दै आएका सुकुम्बासी परिवारलाई गत आसर १६ गते धुरझुन्ना पु¥याइएको हो ।

सुकुम्वासी परिवारहरु बस्ती स्थान्तरण गर्दा वितरण गरिएका पालभित्र रात काटिरहेका छन् । चिसोका कारण बालबालिकाहरुमा रुघा खोकि र निमोनिया समेत देखिएको छ ।

‘हरैयामा रहँदा मजदुरी गरेर छाक टारिन्थ्यो’ सुकुम्बासीहरुकी अगुवा हिरा वादीले भनिन–‘दुर्गममा ल्याएर राखियो काम गरेर खाउँ भन्दा पनि काम पाइदैन ।’ दशै तिहार धनगढी उप–महानगरपालिकाले वितरण गरेको दाल चामल खाएर मनाएको पनि बादीले बताईन ।
सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिले गत माघ २५ गते सुकुम्बासी बसेको हरैया स्थित २१ बिगहा जग्गा खरिद गरेको थियो । जग्गा बिक्रीमा तत्कालिन माओवादीका केहि नेताको संलग्नता रहेको आरोप लगाइएको छ ।
मुलुकमा द्वन्द्व उत्सर्गमा पुगेको समय २०६१ सालमा तत्कालिन विद्रोही माओवादीले नै उक्त जग्गामा सुकुम्बासीलाई बसाएको थियो । उनीहरु कैलाली सहित पहाडी विभिन्न जिल्लाका छन् ।

  • २३ माघ २०७५, बुधबार १५:२३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU