गौमुल गाउँपालिकाको मानाकोटमा आगलागी हुँदा ९ लाख बढीको क्षती
रमित बि.क. बाजुरा २३ माघ । गौमुल गाउँपालिका वडा नं. ५ मानाकोटमा आगलागी भएको छ ।

घरको माथिल्लो तलामा खाना पकाउन प्रयोग गरिएको आगो सोही घरको तल्लो तलामा झरेर कपडा संग नै दन्किएर स्थानीय पूर्ण बहादुर रोकायाको घर जलेर पूर्ण रुपममा नष्ट भएको स्थानीय कृष्ण रोकायाले जानकारी दिनुभएको छ ।
आगलागी भएपछि घरभित्र राखिएको धान, गहँु कोदो, लत्ता कपडा लगायत ९ लाख ५३ हजार बढीको क्षति भएको उहाँले बताउनुभएको छ ।
सुधारिएको चुलोबाट आगो तल्लो तलाको कोठामा झरेर कपडाबाट सिल्किएको हुन सक्ने उनले बताएका छन् । साथै समुहको करिव ८० हजार बढी नगर रकम समेत जलेर नष्ट भएको पिडित पूर्ण बहादुर रोकायाले बताएका छन् । साथै बिभिनन कागजात समेत जलेका छन् ।
आगो बुधबार विहाना साढे ८ बजेतिर लागेको थियो ।
स्थानीको सक्रियतामा आगो नियन्त्रणमा लिएको भएपनि बचाउन भने नसकिएको स्थानीयले बताएका छन् ।
क्षतिको विवरण सहीत प्रहरी मुचुल्का ईलाका प्रहरी काार्यलय गौमुलले ल्याएको छ । यता गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले आगलागीको अवस्था हेरी पिडितलाई राहत मापडण्ड अनुसार व्यवस्था गर्न बताउनुभएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया