सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बाजुरामा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन,अधिनायकवादी बाटोमा हिडेको आरोप

रमित बि.क. बाजुरा २१ माघ । सरकार विरुद्ध नेपाली कांग्रेसले बाजुरामा विरोध प्रदर्शन गरेको छ । संसदीय मार्यादा कायम गर्न नसकेको, महंगी भ्रष्टाचार बढाएको भन्दै कांग्रेसले देशैभरी सरकार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत बाजुरामा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेसका बाजुराका सभापति कविराज पण्डितले बताउनुभएको छ ।

पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली लोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले हालको सरकार अधिनायकवादी बाटोमा हिडेको आरोप लगाउनुभएको छ ।

उहाँले हालको सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन् । डा. गोविन्द केसी संग भएका सम्झौता कार्यान्वयनमा सरकार उदासीन भएको,जताततै महंगी र भ्रष्टाचार बढेको छ बताउनुभएको छ ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार पछि हत्याका अभियुक्तलाई पक्राउ गर्न नसकेको,सरकारको अधिनायकवादको विरोध, संसदीय सर्वोच्चता कायम गर्न माग, सरकारको भ्रष्टाचार,राज्य आतंक बन्द गर्न माग, संसदीय मर्यादा पालना गर्न माग, हत्या हिंसा बन्द गर्न माग, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न नसककेको लगायतका माग राख्दै बिरोध प्रदेशन गरिएको हो ।

कार्यक्रममा संबोधन गदैँ नेपाली काँग्रेसका नेताहरुले सरकार सञ्चालनको ढङ्ग राम्रो नभएको आरोप समेत लगाएका छन् ।

त्यस्तै नेपाली काँग्रेसका पूर्व सभापतिहरु गिरिजा प्रसाद कोईराला र शुशिल कोईरालाको नाममा रहेका अस्पताल हटाउनका लागि गलत क्रियाकलाप गर्ने सरकार गलत खेल गरेको प्रति आपत्ति जनाएका छन् । नेकपाको सरकार नालायक बाहेक अरु नभएको काँग्रेसको ठहर रहेको छ ।

  • २१ माघ २०७५, सोमबार १२:०२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU