मानवअधिकार संरक्षण मंच (मासंम)को जिल्ला भेला सम्पन्न
कंचनपुर १९ माघ । मानवअधिकार संरक्षण मंच कंचनपुरको जिल्ला भेला आज शनिवार भिमदत्त नगरपालिमा सम्पन्न भएको छ ।

भेलाको एक कार्यक्रमका विच भिमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द विष्टले उद्धघाटन गर्नु भयो । भेलामा नगर प्रमुख विष्टले विर वढी मात्रामा हुने गरेकाले विभेद,असमानता,गरिबी,जातजाती,लिग,क्षेत्रीयता लगायतका नाममा मानवअधिकार उल्लघनका घटनाहरु वढी घटिरहेकाले मानवअधिकारको संरक्षण,सम्वद्र्धन र सामाजिक सचेतीकरणका लागि सबैको सहकार्यमा नगरपालिकाले विशेष कार्यक्रम संचालन गर्ने बताउनु भयो ।
भेलामा मानवअधिकार संरक्षणका प्रदेश अध्यक्ष डिल्ली जोशीले सुदूरपश्चिममा बढ्दो मावन अधिकार हननका घटना,निर्मला हत्या काण्ड,सिमान्तकृत समुदायको मानवअधिकार रक्षा, स्थानिय सरकारद्धारा प्रदान गरिने सेवा सुविधा,स्थानिय तहद्धारा निर्माण गरिने कानुन र कार्यान्वयनको अवस्थाका वारेमा राज्य अझ वढी सजग र जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

मानवअधिकार संरक्षण मंचका प्रदेश सचिव राजेन्द्र रैकाले स्थानिय तहहरुले मानवअधिकार मैत्री निती तथा कार्यक्रमहरु निर्माण गरी त्यसअनुरुप प्रभावकारी कार्यान्वयन गर्न सके मानवअधिकार,सामाजिक रुपान्तरण र न्यायमा पहुँच हुने बताउनु भयो ।
भेलामा सहभागीहरुले कंचनपुरकी वालिका निर्मला पन्तको हत्यारा अविलम्ब पत्ता लगाई कारवाही गर्न ,गुणस्तरीय सेवा प्रवाह र सिमान्तकृत समुदायको सहज पहुँच,मानवअधिकार मैत्री विशेष निती तथा कार्यक्रमहरु संचालन गर्न सरकारसंग माग गरेका छन् ।
भेलाको उद्धघाटन सत्रमा नागरिक समाजका प्रभुनिधी पन्त,गैसस महासंघका अध्यक्ष नरेश सिलाल,मानवअधिकार संरक्षण मंचका प्रदेश उपाध्यक्ष हिमालय विक्रम विष्ट,अधिकारकर्मी हिक्मत दर्जी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम प्रितिधिर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन लक्ष्मण व कार्कीले गर्नुभएको थियो ।

भेलाले मानवअधिकार संरक्षण कंचनपुरको अध्यक्षमा प्रितीधिर भण्डारी,उपाध्यक्ष सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमशीः ईश्वरा कुँवर,लक्ष्मण व कार्की,हरिशचन्द्र बाग,तिला कुमारी बुढा चयन गरेको छ । त्यस्तै सदस्यहरुमा भुवनेश्वरी रावल,दुर्गा साउँद,हिरा रावल,यम प्रसाद आचायलार्ई चयन गरेको छ ।
त्यस्तै शनिवार नै मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम समितीले निर्मला पन्तको न्यायको लागि थालिएका २४ औ घण्टे धर्नामा ऐक्यवद्धता जनाएको छ । मंचका प्रदेश अध्यक्ष डिल्लीराज जोशी,उपाध्यक्ष हिमालय विक्रम विष्ट,र सचिव राजेन्द्र रैका सहितको टोलीले निर्मलाका वुवा आमा,धर्नामा सहभागीहरु र सरोकारवालाहरुसंग छलफल सहित ऐक्यवद्धता जनाएका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया